इन्द्रजात्राको लिंगो हनुमानढोका ल्याइपुर्‍याइयो (तस्बिरहरु)

काठमाडौँ- असोज ३ गते काठमाडौँमा मनाइने इन्द्रजात्राका लागि मंगलबार लिंगो हनुमानढोका ल्याइपुर्‍याइएको छ। भोटाहिटीबाट उक्त लिंगो स्थानीय, भक्तजन, सुरक्षाकर्मीहरुको टोलीले हनुमानढोका ल्याएको हो। असोज ३ गते हुने इन्द्रजात्राका लागि असोज २ गते लिंगो ठड्याउने कार्यक्रम छ। इन्द्रजात्रा काठमाडौँको महत्त्वपूर्ण चाड हो। देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

सम्बन्धित सामग्री

हनुमानढोका दरबारमा ‘वसन्त राग’

काठमाडौंको मध्य भागमा रहेको हनुमानढोका दरबार मल्लकालिक तथा शाहकालिक दरबारको अद्वितीय कला क्षेत्र हो।...

गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइयो

गोरखा :  गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्।फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन र

गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइयो

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।  विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्।  फूलपातीको डोली बा२झ ३८८२...

गोरखा दरवारबाट हनुमानढोका लगियो फुलपाती

गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ। आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ।...

हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास

९ असोज, काठमाडौं । हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको आज शिलान्यास गरिएको छ । मोरु गणेशस्थान नजिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले  सम्पदामार्गको शिलान्यास गरेका हुन् । हनुमानढोका र स्वयम्भू दुवै विश्वसम्पदा सूचीमा सूचीकृत छन् । यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरु पनि निर्माण तथा पुनर्निर्माण […]

सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका पुर्याइयाे

काठमाण्डाै - वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव अघि पुर्याइएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीन धारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ । रथयात्राको तेस्रो दिन आज हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिनुभयो । आज चिकमुँगल, जैसीदेवल, ज्याबहा...

हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड

१६ पुस, काठमाडौं । अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि […]

हनुमानढोका दरबार क्षेत्र २९ सम्पदाको पुनर्निर्माण

काठमाडौं, कात्तिक १४। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका भूकम्पबाट क्षतिग्रस्त २९ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये अहिले २३ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले हनुमानढोका दरबार क्षेत्रका सम्पदाको ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको […]

कुमारीको दर्शन गर्न पूर्वराजा हनुमानढोका जाने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह जीवित कुमारीको दर्शन गर्न हनुमानढोका जाँदैछन्। पूर्वराजा शाह आज साँझ हनुमानढोका पुगेर कुमारीको दर्शन गर्ने पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।कुमारीको दर्शन गर्न आज राष्ट्रपति भण्डारी पनि जाने हुँदा राष्ट्रपति फर्किएलगत्तै पूर्वराजा जाने पाठकको भनाइ छ। जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ।  कुमारीको दर्शनसँगै शाहले गणेश, लाखे भैरव लगायतको दर्शन गर्नेछन्।