कुमारीको दर्शन गर्न पूर्वराजा हनुमानढोका जाने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह जीवित कुमारीको दर्शन गर्न हनुमानढोका जाँदैछन्। पूर्वराजा शाह आज साँझ हनुमानढोका पुगेर कुमारीको दर्शन गर्ने पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।कुमारीको दर्शन गर्न आज राष्ट्रपति भण्डारी पनि जाने हुँदा राष्ट्रपति फर्किएलगत्तै पूर्वराजा जाने पाठकको भनाइ छ। जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ।  कुमारीको दर्शनसँगै शाहले गणेश, लाखे भैरव लगायतको दर्शन गर्नेछन्।

सम्बन्धित सामग्री

आउँदो शनिबार पूर्वराजा विन्ध्यावासिनी मन्दिर जाने

काठमाडौं । दुई साता लामो पोखरा भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले आउँदो शनिबार विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने भएका छन् । पोखरावासीको न्यानो मायाकोको स्वागत पाएका पूर्वराजा शाहको विन्ध्यवासिनी मन्दिर दर्शन कार्यक्रमलाई ...

पूर्वराजा भोलि पोखरा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दुईसाता लामो भ्रमण कार्यक्रम लिएर भोलि पोखरा जाने भएका छन् ।    पोखरामा पूर्वराजाले स्थानीय मठमन्दिरहरुको दर्शन र पोखराबासीसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ । शाहको स्वागतका ...