गोरखा दरवारबाट हनुमानढोका लगियो फुलपाती

गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ। आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ।...

सम्बन्धित सामग्री

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका दरबारमा फुलपाती लिएर जानुभएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो । “गत वर्ष भक्तजनहरूको ठूलो भिडभाड लाग्ने गथ्र्योे”, उहाँले भन्नभयो, “यो पटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्याएर फुलपाती पठाएका छौँ ।”

विना तामझाम गोरखाको फूलपाती हनुमानढोका पठाइयो

७ कात्तिक, गोरखा । गोरखा दरबारको फूलपाती हरेक वर्षजस्तै यस वर्ष पनि काठमाडौंको हनुमानढोका पठाइएको छ । शुक्रबार बिहान आठ बजे दसैँघरबाट निकालिएको फुलपाती बा १ झ ३३२१ नम्बरको गाडीमा चुडानिधि तिवारीसँग पठाइएको हो । तर …

गाेरखाबाट कसरी ल्याइन्छ फुलपाती?

काठमाडौं :  हनुमानढोका दरवारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङ्को छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ। गोरखाबाट ल्याएको फूलपाती लिएर उनीहरू काठमाडौं आउने छन्। काठमाडौँ गोरखा यातायात सुगम भइसके पनि अझै परम्परागत तौरतरिकाले फूलापाती ल्याइन्छ। सोमवार छत्रे देउरालीमा रात बस्ने गरेर जाने टोल...