स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत तोकियो

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले एक मुख्य निर्वाचन अधिकृत र नौ जना निर्वाचन अधिकृत तोकेको हो ।

सम्बन्धित सामग्री

हुम्लामा स्थानीय तह निर्वाचन : पाँच महिला मतदान अधिकृत

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई समावेशी बनाउन स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँचजना महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिएर खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।निर्वाचनका लागि  डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र,  सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता म

स्थानीय तह निर्वाचन : आचारसंहिता कार्यान्वयनमा बेवास्ता

गलकोट । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । तर चुनाव प्रचारप्रसारका क्रममा उनीहरुले आचारसंहितालाई भने ख्याल नगरेको पाइएको छ । मतदातालाई आकर्षित गर्नका लागि उम्मेदवारहरुले चर्को आवाजमा माइक बजाउने, प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्ने र विद्यालयलगायतका स्थानमा चुनावी सभा गरेको पाइएको छ । यद्यपि मुख्य निर्वाचन अधिकृत कार्यालय बागलुङमा भने लिखित […]

मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई प्रशिक्षण

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रदेश निर्वाचन कार्यालयको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन धनगढीमा शुक्रबार सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।कार्यक्रमको निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले ल्यापटपको बटन थिच्दै ब्यानरको उद्घाटन गर्दै कार्यक्रम शुरु भएको जानकारी दिएकी थिइन । सो अवसरमा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने बताइ

किन हटाइए भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृत ?

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएको हो । उनको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । आयोगले यसअघि ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो […] The post किन हटाइए भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृत ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तह निर्वाचन : प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना […]

यी हुन् मोरङका स्थानीय तहमा तोकिएका निर्वाचन अधिकृत

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम आयोगले मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साललाई मोरङ जिल्लाको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो।...

स्थानीय तह निर्वाचन: मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

निर्वाचन आयोगले आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ।...

स्थानीय तह निर्वाचन : आयोगले तोक्यो ६७६ निर्वाचन अधिकृत (नामावलीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो। २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने […]

उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै

काठमाडौं, चैत १२। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा निर्वाचन अधिकृत महिला मात्रै राख्ने तयारी गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “तेस्रो रणनीतिक योजना, लैङ्गिक मैत्री चुनाव र समावेशिताप्रति आयोग […]

स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भइ कार्यान्वयनमा आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने काम भइरहेको पनि आयोगले जनाएको छ । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट...