काठमाण्डाै - निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।
निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भइ कार्यान्वयनमा आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने काम भइरहेको पनि आयोगले जनाएको छ ।
निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट...