काठमाडौं : कोरोनाको भाइरस संक्रमणको तेस्रो लहरको संकेत देखिएको भन्दै सरकारले तयारी अगाडि बढाएको छ।पछिल्लो समय भारतमा ओमिक्रोन भेरियन्ट संक्रमण बढ्दै गएको र नेपालमा पनि केही दिनयता देखिएका संक्रमितमा आर–भ्यालु बढेको हुँदा संक्रमण पुनः बढ्ने हुँदा तेस्रो लहरको संकेत देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए।‘केही दिनयता देखिएका संक्रमितमा आर–भ्यालु बढेको छ। यसले पुनः हाम्रोमा स