दीपेन्द्रले लगातार दुई विकेट लिएपछि युएई दबाबमा, नेपाल खेलमा फर्कियो

आइसिसी पुरुष विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा नेपाल खेलमा फर्किएको छ ।  दीपेन्द्रसिंह ऐरीले ४२औँ ओभरमा लगातार दुई बलमा विकेट लिएपछि नेपाल खेलमा फर्किएको हो । दीपेन्द्रले ८२ रन...

सम्बन्धित सामग्री

नेपाल र युएईबीचको फाइनल स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको फाइनलमा खेल आज नहुने भएको छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि दुबै टोलीका खेलाडी डग आउटबाट झोला बोकेर फर्किएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल […]

जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ। युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ। अझै युएईलाई जितका लागि ३१ ओभरमा १९४ रन आवश्यक छ। […]

यू-१९ एसिया कप : लगातार दुई हारपछि नेपाल बाहिरियो

११ पुस, काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपाल आफ्नाे दाेस्राे खेलमा श्रीलंकासंग ६० रनले पराजित भएकाे छ । श्रीलंकाले दिएकाे ३२३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनायाे । टेष्ट मान्यता प्राप्त राष्ट्रहरुलाई आश्चर्य चकित पार्ने लक्ष्यसहित युएई पुगेको नेपाल लगातार दुई हारपछि नेपाल समूह चरणबाटै […]

ओमानविरुद्द नेपालको ऐतिहासिक जित

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीको मद्दतमा नेपालले ओमानमाथि ऐतिहासिक जित निकालेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै ओडिआई क्रिकेटमा ओमानलाई पहिलो पटक पराजित इतिहास रचेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । शरद भेषावकर पनि विजयी रन बटुल्दै १ रनमा अविजित रहे ।ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरे । योसँगै उनी नेपालका लागि ओडिआईमा ४ अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रन जोडे । आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडिआई क्रिकेटमा यो उच्च स्कोरको साझेदारी हो ।ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा खराब सटका साथ फस्ट स्लिपमा जतिन्दर सिंहबाट ६ रनमा क्याच आउट भए । रोहित कुमार पौडेल ६ रनमा आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रन बनाए । नेपालको कसिलो बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन् । करणको तेस्रो ओभरको चौथो बलमा ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट भए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानको विकेट लगातार झर्यो ।करणको सातौं ओभरको पाँचौ बलमा डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद ४ रनमा सुशान भारीबाट क्याच आउट भए । नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गरिदिए । त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमलाई ४ रनमा एलबीडब्लू आउट गरे । सन्दीपले नै १४ औं ओभरको चौथो बलमा नेपाली मुलका विकेटकिपर सुरज कुमारलाई शून्यमा बोल्ड आउट गरे । लगत्तैको अर्को बलमा नेस्टर धम्बालाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । शरद भेषावकरले २ विकेट लिए । शरदको २२ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्दीप गौडे सुशान भारीबाट ८ रनमा क्याच आउट भए । ओडिआईमा शरदको यो पहिलो विकेट हो । शरदले ३० औं ओभरको चौथो बलमा नसीम खुसी १२ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।तल्लोक्रमका कलिमुल्लाह १२ र विलाल खानले ९ रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।योसँगै नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै अंक तालिका चौथो स्थानमा उक्लिएको छ ।ओमान १३ खेलमा १० मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ ।नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकसहित पाँचौं स्थानमा । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै छैठौँ स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमा सबै हार ब्यहोर्दै अंकविहिन हुँदै पुछारमा छ ।

सन्दीपले लगातार दुई विकेट लिएपछि युएई दबाबमा :: Pahilopost.com

काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू अन्तर्गत तेस्रो खेलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। ढिलो टस भएपछि ३४ ओभरमा घटाइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ। १८औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीप लिमछानेले

ज्ञानेन्द्रको शतक, सन्दीपको ४ विकेट, नेपाल १९३ रनले विजयी :: Pahilopost.com

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तयारीका लागि विदेश भ्रमणमा रहेको नेपालले बुधबार युएई ए टिमलाई १९३ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। नेपालको लागि ज्ञानेन्द्र मल्लले शतकिय पारी खेल्दै सर्वाधिक १५३ रन बनाए। यस्तै आइपीएलमा छनोट भएपछि पहिलो पटक नेपालका लागि खेलेका