ओमानविरुद्द नेपालको ऐतिहासिक जित

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीको मद्दतमा नेपालले ओमानमाथि ऐतिहासिक जित निकालेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै ओडिआई क्रिकेटमा ओमानलाई पहिलो पटक पराजित इतिहास रचेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । शरद भेषावकर पनि विजयी रन बटुल्दै १ रनमा अविजित रहे ।ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरे । योसँगै उनी नेपालका लागि ओडिआईमा ४ अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रन जोडे । आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडिआई क्रिकेटमा यो उच्च स्कोरको साझेदारी हो ।ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा खराब सटका साथ फस्ट स्लिपमा जतिन्दर सिंहबाट ६ रनमा क्याच आउट भए । रोहित कुमार पौडेल ६ रनमा आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रन बनाए । नेपालको कसिलो बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन् । करणको तेस्रो ओभरको चौथो बलमा ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट भए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानको विकेट लगातार झर्यो ।करणको सातौं ओभरको पाँचौ बलमा डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद ४ रनमा सुशान भारीबाट क्याच आउट भए । नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गरिदिए । त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमलाई ४ रनमा एलबीडब्लू आउट गरे । सन्दीपले नै १४ औं ओभरको चौथो बलमा नेपाली मुलका विकेटकिपर सुरज कुमारलाई शून्यमा बोल्ड आउट गरे । लगत्तैको अर्को बलमा नेस्टर धम्बालाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । शरद भेषावकरले २ विकेट लिए । शरदको २२ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्दीप गौडे सुशान भारीबाट ८ रनमा क्याच आउट भए । ओडिआईमा शरदको यो पहिलो विकेट हो । शरदले ३० औं ओभरको चौथो बलमा नसीम खुसी १२ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।तल्लोक्रमका कलिमुल्लाह १२ र विलाल खानले ९ रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।योसँगै नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै अंक तालिका चौथो स्थानमा उक्लिएको छ ।ओमान १३ खेलमा १० मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ ।नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकसहित पाँचौं स्थानमा । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै छैठौँ स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमा सबै हार ब्यहोर्दै अंकविहिन हुँदै पुछारमा छ ।

सम्बन्धित सामग्री

स्पेनमाथि कोलम्वियाको ऐतिहासिक जित

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले युरोपेली राष्ट्र स्पेनमाथि ऐतिहासिक जित दर्ता गरेको छ । लन्डन स्टेडियम लन्डनमा शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्वियाले स्पेनलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । कोलम्वियाले पहिलोपटक कुनै पनि खेलमा स्पेनलाई हराएको हो । यसअघि कोलम्वियाले स्पेनलाई हराउन सकेको थिएन । खेलमा कोलम्वियालाई ऐतिहासिक जित […] The post स्पेनमाथि कोलम्वियाको ऐतिहासिक जित first appeared on हाम्रो खेलकुद.

महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा फिलिपिन्सले ऐतिहासिक जित निकालेको छ । आयोजक न्यूजिल्यान्डलाई पराजित गर्दै फिलिपिन्सले जारी महिला विश्वकपमा ऐतिहासिक जित निकालेको हो । न्यूजिल्याण्डको वालिङटन क्षेत्रिय रंगशालामा आज सम्पन्न खेलमा फिलिपिन्सले आयोजक न्यूजिल्यान्डलाई १–० ले पराजित गरेको हो । विश्वकपमा फिलिपिन्सको यो पहिलो जित हो । जितसँगै समूह […]

आयरल्यान्डमाथि बंगलादेशको ऐतिहासिक जित

एजेन्सी – घरेलु टोली बंगलादेशले तेस्रो तथा अन्तिम ओडिआई खेलमा आयरल्यान्डमाथि १० विकेटको ऐतिहासिक जित हात पारेको छ । तीन खेलको सिरिज बंगलादेशले २-० ले जितेको हो । जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले १३.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । यो बंगलादेशले टेस्ट, टि२० आई र ओडिआई कुनैपनि […]

सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको ऐतिहासिक जित

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेतले ऐतिहासिक जित निकालेका छन्।...

तस्बिरहरुमा हेर्नुहोस् भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ– ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल पक्का गरेको हो। महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो। नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन। […]

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल पक्का गरेको हो । महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । नेपालले यसअघि महिला साफमा […]

साफ च्याम्पियनसिपमा भुटानको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद)– भुटानले महिला साफ च्याम्पियनसिपमा ऐतिहासिक जित निकालेको छ । सन् २०१० यता लगातार साफ च्याम्पियनसिपमा सहभागिता जनाइरहेको भुटानले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा श्रीलंकालाई ५–० ले हराउँदै भुटानले ऐतिहासिक जित निकालेको हो । भुटानलाई ऐतिहासिक जित दिलाउन डेखी लाजोमले २ तथा नामङ्याल डेमा, छिरिङ लादेन, छिरिङ याङ्देनले समान १ गोल […]

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख र तीव्र गतिका बलरको उच्च प्रदर्शनमा नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसिय र टि२० […]

न्युजिल्यान्डमाथि बंगलादेशको ऐतिहासिक जित

एजेन्सी – बंगलादेशले न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा सानदार प्रदर्शनका साथ ऐतिहासिक जित हात पारेको छ । बुधबार विहान सम्पन्न खेलमा बंगलादेशले घरेलु टोली न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै नयाँ इतिहास रचेको हो । यो सँगै विश्व टेस्ट च्याम्पियन न्युजिल्यान्डको घरेलु मैदानमा २०१७ मार्चदेखिको अपराजित यात्रा समाप्त भएको छ । बंगलादेशले टेस्टमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो […]

भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

युएइ । पाकिस्तानले टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो । १५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र […] The post भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.