काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ। कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी संचालनमा रोक लगाउने भएका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ। जिल्ला प्रशासन कार्यालयहरूल