काठमाण्डौ भित्रिने र बाहिरिने नाकाको अनुगमनमा थप कडाइ

काठमाण्डौ - उपत्यका भित्रिने तथा बाहिरीने नाकामा जाँच र अनुगमनलाई थप कडाइ गरिएको छ ।  काठमाण्डौ बाहिरबाट उपत्यकाभित्र लुकेर आउने, बिनापासका गाडी पनि गुड्ने गतिविधि बढेको गुनासोपछि जाँच र अनुगमन कडा पारेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।  ...

सम्बन्धित सामग्री

घरजग्गा कारोबारमा यसरी फस्दैछन् नयाँ कारोबारी

घरजग्गाको कारोबारमा संकुचन आएपनि बैंकहरुको लगानी भने बढिरहेको छ । वित्तीय प्रणालीमा तरलता अभावकै अवधिमा घरजग्गामा बैंकहरुले ६१ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनाबाटै तरलता अभाव देखिएको थियो । तर, साउनदेखि पौषसम्म घरजग्गामा बैंकको लगानी ६१ अर्ब ८२ करोड छ । गत वर्षको पहिलो ६ महिनामा बैंकहरुले १६ अर्ब ४८ करोड मात्रै घरजग्गामा लगानी गरेका थिए ।तरलता अभावले कारोबार घटिरहेको भएपनि जग्गाको भाउ भने निरन्तर बढिरहेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले अर्थतन्त्रमा हाल देखिएका समस्या समाधान गर्न भन्दै घरजग्गा कर्जामा कडाई गर्ने नीति राष्ट्र बैंकले अघि सारेको छ ।तर, राष्ट्र बैंकले अघि सारेको नीतिमा व्यवसायीहरु भने खुशी छैनन् । उनीहरुले घरजग्गामा हालसम्म भएको लगानी नै जोखिममा पर्ने खतरा बढेको बताउँदै आएका छन् । यति मात्रै नभई, राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जालाई जहिल्यै अनुत्पादक क्षेत्रको लगानी भन्ने गरेकामा व्यवसायीहरु सन्तुष्ट छैनन् ।मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने भनेको छ । राष्ट्र बैंकले घरजग्गामा लगानी हुने बैंकको कर्जामा पुनरावलोकन गर्ने भनेपनि कसरी हुने र कति हुने भन्ने उल्लेख गरिएको छैन ।‘कर्जा लगानी बढ्यो’राष्ट्र बैंकले धितो मूल्यांकनदेखि घर कर्जाका रुपमा प्रवाह हुने ऋणको सीमा नै घटाउने भित्रि तयारी गरिरहेको कतिपयको बुझाई छ । तर, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र राष्ट्र बैंकको तथ्यांक नै फरक छ । सिबिफिनको अध्ययन प्रतिवेदनले घरजग्गा कर्जा बाहेकको शीर्षकमा प्रवाह भएको केही ऋण पनि करजग्गामै लगानी भएको दाबी गरेको छ । यस्तो ऋण १०.५ खर्ब रहेको सिबिफिनको दाबी छ ।यसअघिःदुर्घटनाको डिलमा पुगेको घरजग्गा कारोबारलाई मौद्रिक नीतिको समिक्षाले झनै धकेल्योराष्ट्र बैंकले भने घरजग्गामा आवासिय घरकर्जासहित कुल लगानीको २५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंक भने घरजग्गामा ५.५ खर्ब मात्रै लगानी रहेको दाबी गर्छ ।६ महिनामा घरजग्गा कर्जा १२ प्रतिशत र ओभर ड्राफ्ट कर्जा २१ प्रतिशतले बढेको छ ।फस्दै नयाँ कारोबारीघरजग्गा क्षेत्रमा भर्खरै छिरेका कारोबारीहरु अहिले फस्ने जोखिम रहेको यो क्षेत्रका जानकारहरु बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत गरेको व्यवस्थाले ठूला र पूराना कारोबारीहरु नयाँ व्यवसायीलाई केही सस्तोमा जग्गा दिएर आफू बाहिरिने क्रम बढेको जानकारहरुको दाबी छ ।‘राष्ट्र बैंकले यस्तो नियम ल्याउन सक्छ भनेर पूर्व सूचना राख्ने हैसियत भएका व्यवसायीहरुले नयाँ व्यवसायीलाई भ्यालुएशनभन्दा १/२ लाख सस्तोमै जग्गा बेचेर निस्किने क्रम करिब १ महिना अगाडीबाटै सुरु भएको थियो’ एक जना व्यवसायी भन्छन्, ‘मौद्रिक नीतिको समिक्षा आएपछि कुनै पनि ठूला व्यवसायीको प्रतिक्रिया सुन्नु भएको छ ? अफिसियल कोही कोही बोल्ने जिम्मेवारीमा भएर बोल्नुभयो होला, नत्र ठूला व्यवसायी बोलेका छैनन्, बोल्यो भने जग्गा भिडाउन पाइँदैन भनेर उनीहरु चलाख भएर नबोल्या हुन् ।’ती व्यवसायीले राष्ट्र बैंकको नीतिले ५/६ वर्ष कुरेर नाफा कमाउँदा पनि हुन्छ भन्ने व्यवसायीले जग्गा किनेर राख्दा हुने तर, ६ महिना वा १ वर्षमा नाफा कमाउने गरी अहिले जग्गामा लगानी गर्ने वातावरण नरहेको बताए ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ, ८२ ठाउँमा चेकिङ

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा समेत कडाइ गरिएको छ। निर्माण सामाग्री बोकेर उपत्यका प्रवेश गर्ने सवारीसाधलाई पनि रोक लगाइएको एसपी राठौरले बताए।

‘उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गरौँ, दशैँसम्म निषेधाज्ञा लगाऔँ’

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनम...

पाल्पामा नियम उल्लंघन गर्ने चालकलाई प्रहरीले सडकमै पढाउन थाल्यो

पाल्पा : जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सवारी आवागमनमा थप कडाइ गरिएको छ। जिल्ला भित्रिने, बाहिरिने तथा जिल्लाभित्र नै एक ठाउँबाट अर्कोमा आवतजावत गर्ने सवारी साधनमाथि कडाइका साथ जाँच गरिएको छ।  पाल्पाका सडकमा बिहानदेखि राति अबेरसम्म जनपथ प्रहरीसहित ट्राफिक प्रहरी खटिएका थिए। जिल्ला ट्राफिक प्रहर...

आजदेखि 'लकडाउन' मा थप कडाइ, उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकामा थप सक्रियता

काठमाण्डाै – सरकारले आज (मङ्गलबार) देखि लकडाउनलाई थप कडाइ गर्ने भएको छ । त्यसको लागि आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्ने नाकासँगै उपत्यकाभित्र पनि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ । सबै जिल्ला प्रशासन कार्यालयमा पनि यसबारे परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ...