राष्ट्रियसभाको अधिवेशन असार १७ गतेबाट सुरु हुँदैछ। अधिवेशनको तयारीका लागि संसद् सचिवालयले गृहकार्य गरिसकेको छ। सर्वोच्च अदालतले नेकपाको एकीकरण रद्द गरेपछि पहिलो पटक बस्न लागेको राष्ट्रियसभा अधिवेशनमा प्रमुख प्रतिपक्षको विषयमा विवाद भएको छ। अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको थियो। उसले अब पनि आफू नै प्रमुख प्रतिपक्ष हुने बताएको छ। नेकपा रद्द भइसकेको अवस्थामा भने राष्ट्रियसभामा कांग्रेसभन्दा माओवादी केन्द्र ठूलो दल देखिएको छ। ठूलो दलको हैसियतले प्रमुख प्