राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको दृष्टिमा हामी नेपाली अपूर्ण र एकांगी विकासको चित्रमा बढी मुग्ध छौं । भन्छन्, ‘विकास अर्थात् ढुंगा, माटो, गिट्टी, अलकत्रामा हामी अड्किएका छौं ।’ हाल यूएनडीपीको मुख्यालय न्युयोर्कमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार वाग्लेको विचारमा नेपाली समाजलाई खराब राजनीतिले न्याक्दा कला, संस्कृति र साहित्य ओझेल परेको छ ।