अफ्रिकी महादेश बाहिर समुदायमा फैलन थालेपछि मंकीपक्सलाई अनुसन्धानकर्ताहरूले नजिकबाट नियाल्दै आइरहेको छ । मानिसमा देखेको झन्डै ५० वर्ष पछि मंकीपक्सले विश्व भ्रमण गरिरहेको छ । अफ्रिकी महादेश बाहिर फैलन सक्ने क्षमता अहिले कसरी विकास भयो ? सङ्क्रमण गर्ने तरिकामा विगत भन्दा के कति फरक देखिँदैछ र लक्षणमा कस्तो परिवर्तन हुनेछ/छ भन्ने चासो विशेषत अनुसन्धानकर्ताहरूमा देखिएको छ । "युके हेल्थ सेक्युरिटी एजेन्सी" बेलायतले अफ्रिकी महादेश भ्रमण नगरेका व्यक्तिमा पनि मंकीपक्स सङ्क्रमण देखिएको भने सँगै