काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्ष अघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताइन्। डब्ल्यूएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भनिन्, ‘हामी आत्तिने होइन, ओमिक्रोनविरुद्धको लडाईका लागि तयार र सतर्क हुन आवश्यक छ।’ हालसम्म ओमिक्रोन भेरियन्ट ४० वटा मुलुकमा फेला परेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले पहिल