पोखरामा नयाँ एयरपोर्ट सञ्चालनमा नआउँदै पुरानोको ११ सय ५६ रोपनी जग्गामा भू–माफियाका नजर

आगामी जनवरी १ अर्थात् पौष १७ गतेबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबी नागरिक उड्डयन प्राधिकरणको छ । प्राधिकरणले जहाज उडान र अवतरणमा कुनै वाधा नआओस् भनेर नजिकैको रिठ्ठेपानी डाँडाको १४ मिटर उचाइ काट्ने प्रक्रिया सुरु गरिसकेको छ ।यद्यपी, यसमा मिलेमतो देखिएको दाबीसहित बिजपाटी डटकमले निरन्तर फलोअप गरिरहेको छ । विमानस्थलको ९८ प्रतिशत जति निर्माण सकिएपछि उक्त डाँडा कटान गर्नुपर्ने बहस एकाएक कसरी सुरु गरियो भन्ने प्रश्न पनि अनुत्तरित नै छ ।तथापि, प्राधिकरणले मन्त्रिपरिषदबाट निर्णय गराएर विमानस्थल बनाइरहेको चिनियाँ कम्पनीलाई नै डाँडा कटानको काम दिने प्रयास गरेपनि चौतर्फी दबाबपछि रोकिएको ठेक्का केही दिनअघि मात्र आह्वान गरेको छ ।आन्तरिक विमानस्थलको ११ सय ५६ रोपनी जग्गामा माफियाका नजरविमानस्थल पुसबाट अपरेशनमा आउने भनिएता पनि त्यसको सुरसार अहिलेसम्म देखिएको छैन । तर छिटै नै विमानस्थल सञ्चालनमा आउने दाबी सरकारी अधिकारीहरूले गरिरहेका छन् । विमानस्थल सञ्चालनमा आएपछि अहिले पोखराको केन्द्र भागमा रहेको आन्तरिक विमानस्थल बन्द हुन्छ । किनकी, आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान नयाँ विमानस्थलबाटै हुने बताइएको छ । ‘एउटै सीटीमा २ वटा विमानस्थल एकै समयमा सञ्चालन हुने कुरा हुँदैन, यहाँबाट अब अन्तर्राष्ट्रिय एयरपोर्टमै सबै कुरा सिफ्ट हुन्छ, तैपनि अहिले निर्णय भइसकेको छैन’ क्यान स्रोतले भन्यो ।आन्तरिक उडान पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने भएपछि पोखरा आन्तरिक एयरपोर्टको जग्गा के प्रयोजनमा लाग्ला भन्ने चासो सुरु भएको छ । पोखरा आन्तरिक विमानस्थलले ओगटेको कुल क्षेत्रफल १ हजार १ सय ५६ रोपनी छ । १४ सय ४७ मिटर लामो रनवे भएको यो विमानस्थल अब खालि हुने भएकाले जग्गा के होला भन्ने चासो सुरु भएको हो । उक्त जग्गा खालि हुने भएपछि निजी प्रयोजनका लागि केही स्वार्थ समूहले आँखा लगाउन थालेको पोखरेली जनताको गुनासो छ । व्यापार गर्ने मनासयले उक्त जमिन हडप्ने दाउमा स्वार्थ समूह शक्ति केन्द्र धाउन थालिसकेका छन् । डलर अर्बपति बिनोद चौधरीदेखि पोखराबाटै उदाएको बतास समूहसम्मले उक्त जग्गामा आँखा लगाएको स्रोत बताउँछ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले समेत सक्रियता देखाएको हल्ला चलेको भएपनि यसमा उनले चासो नदेखाएको पोखराका व्यवसायीहरुको भनाइ छ । सँगै, काठमाडौँका प्रतिष्ठित कर्पोरेट हाउसका मालिक श्रेष्ठ दाजुभाइले पनि भित्रैभित्रै चासो देखाइरहेको बताइन्छ ।‘अपार्टमेन्टवालाहरुले पनि लिन खोज्या छन् भन्ने सुनिएको छ,’ हाउजिङ र अपार्टमेन्ट डेभलपर्सहरुप्रति लक्षित गर्दै स्रोतले भन्यो, ‘यताका कसैले लिने आँट गर्दैनन्, लिन खोज्ने बाहिरकै हुन् ।’सरकारले चुनावअगाडि यसबारे निर्णय नगरी चुनावपछि अर्को सरकार आउने बेलामा खुसुक्क निर्णय गर्ने गरी बालुवाटारमा यसबारे छलफल हुने गरेको स्रोतले बिजपाटीलाई बताएको छ ।‘नेपाली सेनालाई उसका हेलिकप्टरहरु राख्न दिने गरी उसैलाई केही समय चलाउन दिने भनेर कुरा उठेका छन्, आर्मीले खोजेको पनि छ भन्ने सुनिन्छ’ स्रोत भन्छ, ‘तर आर्मीलाई दिँदा त आर्मीले कमिशन दिँदैन, कमिशन कताबाट धेरै आउँछ उसैलाई यति वर्षका लागि भनेर दिन सक्छन् । विस्तारै त्यत्रो विशाल खालि ठाउँ माफियाहरुले सेटिङ गरेर बेचेरै सिध्याउँलान् भन्ने चिन्ता छ ।’के भन्छन् पोखरेली ?पोखरेली जनताहरु पनि उक्त जमिन व्यवसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिन नहुनेमा एकमत देखिएका छन् । पोखराबाटै व्यवसायिक करियर सुरु गरेका नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापा, पदयात्रा व्यवसायीहरुको संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अप नेपाल (टान) पोखराका अध्यक्ष सुशिल पौडेल, टान पोखराका निवर्तमान अध्यक्ष हरि भुजेल लगायतले सरकारले कुनै ब्यापारिक घरानालाई उक्त जमिन दिने निर्णय गरेपनि पोखरेली जनताले त्यो भूमीमा ब्यापारिक गतिविधि हुन नदिने बताउँछन् । थापाले पोखराकै व्यवसायीले नभई काठमाडौँ केन्द्रित कर्पोरेट हाउसहरुले नै यो जमिन खालि हुन्छ भन्ने थाहा पाएपछि केही वर्ष अघिबाटै हडप्न शक्ति केन्द्र धाइरहेको सुन्नमा आएपनि त्यो सफल नहुने बताएका छन् ।टान पोखराका अध्यक्ष पौडेलले उक्त जग्गामा सर्वसधारण जनताले सहजै उपभोग गर्न पाउने र सक्ने गरी अन्तर्राष्ट्रिय स्तरको सुन्दर पार्क बनाउनुपर्ने राय दिएका छन् । पर्यटन व्यवसायी नै रहेका टान पोखराका निवर्तमान अध्यक्ष भुजेलले पनि व्यवसायिक गतिविधिका लागि नभई पार्क सहितको अन्तर्राष्ट्रिय स्तरको कन्फ्रेन्स हल बनाउँदा उपर्युक्त हुने कुरा सुझाएका छन् ।

सम्बन्धित सामग्री

दुर्घटनामा पत्रकार पौडेलको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा भएको विमान दुर्घटनामा निधन भएको छ। आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन एएनसी एटीआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा ३७ वर्षे पत्रकार सदस्य पौडेलको निधन भएको हो। २०७४ सालमा महासंघको गण्डकी […]

प्रधानमन्त्री प्रचण्ड भन्छन्- पोखरामा एयरपोर्ट बनाउन चीनसँग धेरैपटक कुरा गरें

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफूले चीनसँग धेरैपटक पहल गरेको बताएका छन् ।

भैरहवा विमानस्थलको हबिगत पोखरामा नहोस् : पर्यटन बोर्ड सिइओ

काठमाडौ । नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले भैरहवाको जस्तो हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा गाह्रो हुने बताएका छन् । नेपाल पर्यटन बोर्डको २४ औं वार्षिक उत्सवको अवसरमा पर्यटन बोर्डमा भएको कार्यक्रममा बोल्दै रेग्मीले भने, ‘राज्यले एयरपोर्ट बनाएर मात्र चल्दैनरहेछ।’ रेग्मीले पर्यटन व्यवसासि, हवाइ सेवा प्रदायकहरु मिलेर मात्रै विमानस्थल राम्रोसँग चल्न सक्ने तर्क गरे। बुद्ध […]

पोखरामा हावाहुरीसहित भिषण वर्षा

पोखरा एयरपोर्ट हावापानी शाखाका नायब मौसम विज्ञान सहायक सुमन लामिछानेको अनुसार आधा घण्टाकोबीचमा पोखरामा ३६.० मिलिलिटर पानी परेको रेकर्ड गरिएको छ।...

बुद्ध होलिडेजको भ्यालेन्टाइन अफर

काठमाडौं (अस) । कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटनलाई गतिशील बनाउन बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले होलिडे प्याकेज ल्याएको छ । कम्पनीले पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनोट गरेको छ । विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यमा  सहज होलिडे प्याकेज ल्याइने बुद्ध एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए । बुद्ध होलिडेजले अहिलेसम्म ३८०० स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा पुर्‍याएको छ । युवालाई लक्षित गरी ल्याइएको होलिडे प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन सेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ । यो अफर फेबु्रअरी १५ तारिखसम्म लागू गरिएको छ । कम्पनीले काठमाडौंबाट पोखरा प्याकेज प्रतिव्यक्ति ६,९९९, चितवन प्याकेज प्रतिव्यक्ति ९,९९९, पोखरा प्याकेज भैरहवाबाट प्रतिव्यक्ति ७,९९९, चितवनबाट ७,९९९, सिमराबाट ८,९९९ , नेपालगञ्जबाट ९,९९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।