किन युरोप रद्द गरेर राष्ट्रपतिले तय गरे जाजरकोट भ्रमण?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडलले एक हप्ताअघि नै तय भएको यूरोप भ्रमण सोमबार स्थगित गरेका छन्। जाजरकोटमा विनाशकारी भूकम्प आउनुभन्दा एकदिनअघि निश्चित गरिएको उनको भ्रमण भूकम्प गएर जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको तीन दिनपछि स्थगित भएको हो। देश शोकमा डुबेका बेला यूरोप सयर गर्न लागेको भन्दै राष्ट्रपति पौडेलको चौतर्फी आलोचना भएको थियो। […]

सम्बन्धित सामग्री

तीज कार्यक्रम रद्द गरेको भन्दै कलाकारसँग खाडीका आयोजक असन्तुष्ट

काठमाडौं । हरितालिका तीजको अवसरमा यूएईमा आयोजना गर्न लागिएका कार्यक्रममा कलाकारले आफ्नो सहभागिता अन्तिम समयमा स्थगित गरेपछि आयोजक असन्तुष्ट बनेका छन् । युरोप-अस्ट्रेलियाको भिसा लागेको भन्दै कलाकारले आफ्नो कार्यक्रम रद्द गरेको आयोजकको दाबी छ । सैनामैना …

सञ्चार समस्याले युरोप र अमेरिकाका विमानस्थल बन्द

काठमाडौं । विश्वभरका विमानस्थलहरूमा आइटी समस्याको कारण सकसमा पुगेका छन् । बेलायती, अमेरिकी तथा रुसी मिडियाहरूको समाचार अनुसार आइटीको कारणले यस्तो समस्या भएको बताइएको छ । बीबीसीका अनुसार कयौँ उडानहरू रद्द भएका छन् । सञ्चार सेवाले काम गर्न छोडेको छ । बेलायतको स्काइ च्यानलले आफ्नो लाइभ गर्न नसकेको बताएको छ । यस्तै रुसी विश्व च्यानल आटीका […]

राष्ट्रपति पौडेलको युरोप भ्रमणको हवाई टिकट रद्द गर्दा ५५ लाख खर्च

२७ वैशाख, काठमाडौं । जाजरकोटमा भूकम्प गएपछि १० दिने युरोप यात्रा रद्द गरेका राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण तयारी अन्तर्गत अग्रिम काटिएका टिकटको भुक्तानीमा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रिपति …

बेलायतमा तरकारी र फलको चरम अभाव, हरेक ग्राहकलाई ३-३ ओटा मात्रै बेचिँदै

काठमाडौं । बेलायतमा अहिले गोलभेंडालगायत तरकारी र फलको चरम अभाव छ । टेस्को, आस्दा, आल्दी र मरिसन्सलगायत अधिकांश ठूला सुपर मार्केटमा गोलभेंडाको आपूर्ति सीमित छ । युरोप र अफ्रिकामा खराब मौसमका कारण यो समस्या आएको बेलायत सरकारले बताएको छ । बिजुलीको भाउमा भएको वृद्धिका कारण बेलायत र नेदरल्यान्डले हरित गृहमा फलफूल तथा तरकारी उत्पादन गर्न नसकेपछि आपूर्ति प्रभावित भएको हो ।  बेलायतको सबैभन्दा ठूलो सुपर मार्केट टेस्को र छूटमा सामान बेच्ने आल्दीले हरेक ग्राहकलाई ३-३ ओटा मात्रै गोलभेंडा, भेडे खुर्सानी र काँक्रो बेचिरहेका छन् । आस्दाले पनि गोलभेंडा, भेडेखुर्सानी र काँक्रोको साथै लेटिस, सलाद ब्याग्स, ब्रोकाउली, काउलीलगायत तरकारी र फलहरू हरेक ग्राहकलाई ३-३ ओटा ओटा मात्रै बेचिरहेको छ । मरिसन्सले त झनै ग्राहकैपिच्छे तीन ओटा मात्रै गोलभेंडा, भेडे खुर्सानी, लेटिस र काँक्रो दिइरहेको छ । अहिले सबैभन्दा धेरै अभाव गोलभेंडा र भेडे खुर्सानीको छ । सबैको भान्सामा प्रयोग हुने भएकोले हो कि अन्य कारणले अभाव देखिएको भन्ने थाहा हुन सकेको छैन । बेलायतका अन्य सुपर मार्केटमा पनि अभाव चरम भएपछि ग्राहकले यति मात्रै किन्न पाउने भनेर कोटा तोकेको छैन । जाडोको महीनामा बेलायतले स्थानीय स्तरमा खपत हुने ९५ प्रतिशत गोलभेंडा र ९० प्रतिशत लेटिस आयात गर्ने गरेको छ । यीमध्ये अधिकांश स्पेन र उत्तरी अफ्रिकाबाट आउँछ । तर, उत्तरी स्पेनमा सामान्यभन्दा अत्यधिक चिसो हुँदा र मोरक्कोमा बाढीले उत्पादन प्रभावित हुँदा आयातमा असर परेको छ । आँधीका कारण पनि समुद्री जहाजमा ढुवानीमा ढिलाइ वा रद्द भइरहेका छन् । युरोपमा निर्यात सुनिश्चित गर्न यो महीनाको शुरुमा मोरक्कोले पश्चिम अफ्रिकी देशहरूमा गोलभेंडा, प्याज र आलुको निर्यातमा रोक लगाएको थियो । बिजुलीको महसुल उच्च भएकोले हरित गृह चलाउन नसक्दा बेलायतको स्थानीय उत्पादन प्रभावित भएको छ भने नेदरल्यान्डको हालत पनि उस्तै छ । यो समस्या अझै केही हप्तासम्म चल्ने बताइएको छ । बेलायतमा गोलभेंडालगायत तरकारी टिप्ने सिजन शुरु नभएसम्म वा सुपर मार्केटहरूले आपूर्तिको वैकल्पिक स्रोत नपाउँदासम्म यो अवस्था जारी रहने बताइएको छ । एजेन्सी

अमेरिका र युरोपमा चार दिनमा साढे ११ हजार उडान रद्द

न्युयोर्क – कोभिड संक्रमण तह उच्च विन्दुमा पुगेपछि युरोप र अमेरिकाका विभिन्न राज्यमा गरी ११ हजार ५०० उडान रद्द हुनुका साथै १०औं हजारभन्दा बढी उडानमा ढिलाई भएको छ । कोभिड संक्रमण बढेपछि शुक्रबारदेखि सोमबारको अवधिमा यति ठूलो संख्यामा हवाई उडान प्रभावित भएको हो । उडान रद्द हुँदा विशेष गरेर क्रिसमसको अवसरमा छुट्टी मनाउन जाने र […]

टोटनह्याममा कोरोना फैलिएपछि ब्राइटनसँगको खेल रद्द

प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सका खेलाडी र स्टाफमा कोरोना सङ्क्रमण फैलिएपछि आइतबार ब्राइटनविरुद्धको खेल रद्द भएको छ । लण्डनको क्लबका ८ खेलाडी र स्टाफका पाँच सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार युरोप कन्फरेन्स लिगमा रेनविरुद्धको खेल पनि स्थगित भएको थियो ।बुधबार स्पर्सको पहिलो टोलीको प्रशिक्षण पनि रोकिएको थियो । क्लबले खेललाई सार्न आग्रह गरेपछि प्रिमियर लिगको बोर्ड मिटिङ बसेको थियो । बैठकले खेलाडी र स्टाफको स्वास्थ्यलाई ख्याल गर्दै खेल रद्द गर्ने निर्णय गरेको जानकारी दिइएको छ । आइतबा

म्याडोनाको क्षमायाचना

अमेरिकी गायिका म्याडोनाले युरोप संस्करणअन्तर्गतको ‘म्याडम एक्स’ कन्सर्ट रद्द भएलगत्तै माफी मागेकी छन्।