टोटनह्याममा कोरोना फैलिएपछि ब्राइटनसँगको खेल रद्द

प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सका खेलाडी र स्टाफमा कोरोना सङ्क्रमण फैलिएपछि आइतबार ब्राइटनविरुद्धको खेल रद्द भएको छ । लण्डनको क्लबका ८ खेलाडी र स्टाफका पाँच सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार युरोप कन्फरेन्स लिगमा रेनविरुद्धको खेल पनि स्थगित भएको थियो ।बुधबार स्पर्सको पहिलो टोलीको प्रशिक्षण पनि रोकिएको थियो । क्लबले खेललाई सार्न आग्रह गरेपछि प्रिमियर लिगको बोर्ड मिटिङ बसेको थियो । बैठकले खेलाडी र स्टाफको स्वास्थ्यलाई ख्याल गर्दै खेल रद्द गर्ने निर्णय गरेको जानकारी दिइएको छ । आइतबा

सम्बन्धित सामग्री

खेल रद्द भएपछि टोटेनहम कन्फरेन्स लिगबाट बाहिरियो

काठमाडौं, ६ पुस । इंग्लिस क्लब टोटेनहम युरोपा कन्फरेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित गरिएको टोटेनहम र रेनसबीचको खेल रद्द भएपछि टोटेनहम लिगबाट बाहिरिएको हो । यूईएफएले उक्त खेलमा रेनसलाई ३–० को जित दिलाएपछि टोटेनहम बाहिरिएको हो । टोटेनहम र रेनसबीचको खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनहमका खेलाडीमा कोरोना […]

इङ्ग्लिस क्लब टोटेनह्याम कन्फ्रेन्स लिगबाट बाहिरियो

काठमाण्डाै - इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरिएको हो । टोटेनह्याम र रेनसबीच समूह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनह्यामका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । यूईएफएले लिगको प्ले अफ ‘ड्र’सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल रद्द गरिएको जनाएको छ । यूईएफएले नियमअनुसार रेनेसलाई ३...

युरोपा लिगबाट बाहिरियो टोटेनहम

काठमाडौँ – इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो । कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३-० को जित दिलाएको थियो । फ्रेन्च क्लब रेनस डिसेम्बर ९ मा तय गरिएको सो खेल खेल्न लण्डन […]

म्यानचेष्टर युनाइटेडका खेलाडीमा कोरोना संक्रमण, आजको खेल स्थगित

काठमाडौं, मंसिर २९ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज बिहान हुने भनिएका तिन खेल मध्ये एक खेल रद्द गरिएको छ । म्यानचेष्टर युनाइटेडका केही खेलाडीहरुमा कोभिड भएको पुष्टी भएपछि युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ। यसअघि पनि टोटनह्यामका ६ जना खेलाडीहरुमा कोभिड देखिएपछि खेल स्थगित गरिएको थियो । त्यस्तै, आज बिहान सम्पन्न दुईवटा खेल […]

टोटेनहम र ब्राइटनको खेल रद्द

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनको खेल रद्द भएको छ । टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि आइतबारका लागि तय भएको खेल रद्द भएको हो । टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको हो । बोर्डले उक्त खेलको तालिका फेरि सार्वजनिक गरिने जनाएको छ ।

कोरोनाका कारण भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द

काठमाडौँ– आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको पाँचौं तथा अन्तिम खेल कोरोना भाइरसका कारण रद्द भएको छ । शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसीसीले जनाएको छ । आईसीसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ । हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसीसीले […]

कोरोना विवाद : शुरु भएको पाँच मिनेटमा नै ब्राजिल र अर्जेन्टिनाबीचको खेल रद्द

विश्वकप छनोट अन्तरगत ब्राजिल र अर्जेन्टिनाबीचको खेल शुरु भएको केही मिनेटमा नै रद्द भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ को क्वारेन्टिन प्रोटोकल उल्लंघन गर्ने तीन अर्जेन्टिनी खेलाडीहरुको सहभागिताको विषयमा प्रश्न उठाएपछि खेल रद्द भएको हो ।कोरिन्थियान्स एरिनामा स्वास्थ्य अधिकारीहरु मैदानमा नै प्रवेश गरेपछि पाहुना टोलीले मैदान छाडेको थियो । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले इंग्ल्याण्डमा व्यवसायिक फुटबल खेल्ने अर्जेन्टिनी खेलाडीहरु क्वारेन्टिनमा बस्नुपर्ने माग गरेका थिए । अध

खेलाडी कोरोना संक्रमित भएपछि बंगलादेश र श्रीलंकाबीचको खेल रद्द

एजेन्सी। बंगलादेश भ्रमणमा रहेको श्रीलंकान क्रिकेट टिमका बलिङ प्रशिक्षक चामिन्डा भास तथा बलर इसुरा उदाना र शिरान फर्नान्डोलाई कोरोना भाइरस संक्रमण देखिएको छ। विश्वकप सुपर लिगअन्तर्गत श्रीलंकाले आजबाट बंगलादेशविरूद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै थियो। तर खेलाडीमा कोरोना संक्रमण देखिएपछि आजको खेल स्थगित भएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ। अन्य खेलाडी दोस्रो आरटी-पीसीआर टेष्टको नतिजा कुरिरहेका छन्।

कोलकत्ता र बैंगलोरबीचको खेल रद्द

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज हुने कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्द भएको छ। कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको हो। कोलकत्ताका वरुण चक्रावर्ती र सन्दिप वारियरमा कोरोना संक्रमणको पुष्टि भएको हो।यसअघि यी दुई टोलीबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुने तालिका थियो।