अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओले यसै साता गर्न लागेको युरोप भ्रमण रद्द गरेका छन् ।
लक्जेम्बर्गका अधिकारीहरूले अमेरिकी संसदमा गरिएको भयानक आक्रमणपछि पम्पेओसँग भेट्न अनिच्छा व्यक्त गरेपछि उनले भ्रमण रद्द गरेका हुन् ।
लक्जेम्बर्ग भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक रूपमा केही पनि खुलाएको थिएन तर रोयटर्स समाचार संस्थाले अधिकारीहरूसँग नाम नबताउने शर्तमा गरेको कुराकानीबाट यो खुलेको हो ।
पम्पेओ ब्रसेल्स जाने कुरा सार्वजनिक गरिएको थियो तर २४ घन्टाभन्दा पनि कम समयमा भ्रमण रद्द ग...