दोलखा जफेस्थित मतदानस्थलमा झडप, ७ राउण्ड हवाई फायर

चरिकोट। दोलखा जफेस्थित मतदानस्थलमा झडप भएको छ। जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि ७ राउण्ड हवाई फायर भएको हो। एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो।

सम्बन्धित सामग्री

८ जिल्लामा ३८ राउन्ड हवाई फायर, 'ब्याकअप फाेर्स' प्रयाेग गर्न परेन

काठमाण्डाै – मतदानको क्रममा भएका अवरोध हटाउने क्रममा प्रहरीले आठ जिल्लामा गरी ३८ राउन्ड हवाई फायर गरेको छ । बुथ कब्जा गर्न खोज्नेलाई हटाउन तथा झडप नियन्त्रणको प्रयासमा प्रहरीले ३८ राउन्ड हवाई फायर गरेको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । प्रवक्ता राईका अनुसार दोलखा, बाजुरा, रौतहट, सिरहा, चितवन, हुम्लालगायतका जिल्लामा हवाई फायर भएको हो । यस्तै मतदानका क्रममा विभिन्न विषयमा विवाद हुँदा देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित ...

दोलखाकाे मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर, मतदान स्थगित

दोलखा । दोलखाकाे एक मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे छ । जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे हाे । हवाई फायरपछि मतदान कार्य रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे […]

दोलखा जफेको एउटा मतदानस्थलमा ७ राउण्ड हवाई फायर, मतदान स्थगित

४ मंसिर, चरिकोट । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

दोलखाको पुतलीकाठमा चार राउण्ड हवाई फायर

४ मंसिर, दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान रोकिएको छ । आज बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो । मतदाताको भिडले मतपेटिका र […]

हेडक्वार्टरको निर्देशनविपरीत प्रदेश प्रहरी प्रमुखले बाँडे मनलाग्दी पुरस्कार

काठमाडौं । बागमती प्रदेश प्रहरीले स्थानीय निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै जेठ १३ गते मातहतका १३ वटै जिल्लाका प्रहरी प्रमुखलाई पुरस्कृत गरेको छ । मतदानका दिन दर्जनौँ राउन्ड हवाई फायर भएका सिन्धुपाल्चोक, दोलखा, रामेछापका प्रहरी प्रमुखपनि पुरस्कृत भएका छन् । ‘यो त पुरस्कार भन्ने शब्दकै अपमान भयो । पुरस्कार विशेष काम गरेबापत दिइने हो । […]

दोलखा अपडेट: २ स्थानमा १३ राउण्ड हवाई फायर, मतदान स्थगित

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ। मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । […]

दोलखा र बाराको केहि मतदान केन्द्रमा दुई पक्ष बीच विवाद, मतदान कार्य रोकियो

वैशाख ३०, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत शुक्रवार दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ। मतदानस्थलमा दुई पक्षबीच झडपको स्थिति आएपछि मतदान रोकिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उक्त पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान शुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान कार्य स्थगित रहेको छ  । मतदानस्थलमा ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत छ। मतदान  जारी रहेका बखत ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको स्रोतले बताएको छ । यसैगरी बारा जिल्लाको देवताल गाउँपालिका  ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा एक जना सख्त घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने हाल मतदान पनि रोकिएको छ । यस्तै पचरौता नगरपालिका २ बैरिया मतदान केन्द्रमा दुई समूहबीच विवाद भएको छ । र मतदान कार्य स्थगित भएको छ ।यसैगरी बाजुराको बुढिगंगा नगरपालिकामा पनि विवाद भएको छ । त्यहाँ पनि मतदान शुरु हुन सकेको छैन । त्यस्तै हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा  मतदान केन्द्रका मतदान अधिकृतसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेको बुझिएको छ । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् ।

मार्वु मतदान केन्द्रमा पाँच राउन्ड हवाई फायर

दोलखा । दिनभर शान्त रहेको दोलखाको निर्वाचनमा अपराह्नपछि तनाव शुरु भएको छ ।  नखसेको मत अन्य व्यक्तिले हाल्न खोजेपछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाव भएको...

​दोलखाका मार्बुमा नाम नै नभएका हुल बाँधेर भोट हाल्न आएपछि हवाई फायर

दोलखा, मंसिर १० – दोलखाको बैतेश्वर गाउँपालिका मार्बुमा चुनावका क्रममा हवाई फायर भएको छ । मार्बुको कालिका माध्यामिक मतदान केन्द्रमा भोट हाल्न भन्...