दोलखाकाे मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर, मतदान स्थगित

दोलखा । दोलखाकाे एक मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे छ । जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे हाे । हवाई फायरपछि मतदान कार्य रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे […]

सम्बन्धित सामग्री

स्याङ्जाको भानु मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीका डीएसपी रवीन्द्र खनालले बताए । झडपले मतदान सुचारू हुन सकेको छैन । मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

दार्चुलाको एक मतदान केन्द्रमा झडप, मतदान स्थगित

दार्चुला – दार्चुलाको एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको शैलशिखर नगरपालिका ५ मालिकार्जुन मावि आगर मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । मतदान गर्ने विषयमा दुई पक्षबीच भएको […]

मतदानका क्रममा यी स्थानमा भए झडप

काठमाडौं । मतदानका क्रममा देशका विभिन्न स्थानमा झडप भएको छ । झडपमा परी केही निर्वाचन कर्मचारीहरू समेत घाइते भएका छन् भने केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बाजुराको बुढीगंगा नगरपालिकाका तीन मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । बुढीगंगा नगरपालिका–९ […]

धनुषामा हवाई फायर

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ।दृष्टिविहीन एक व्यक्तिको मत त्यहाँका मतदान अधिकृतले खसालेको विषयमा विवादपछि झडप भएपछि प्रहरीले हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।हवाई फायरपछि केहि बेर मतदान स्थगित भएको थियो। डिएसपी क्षेत्रीका अनुसार विवाद समाधान भएपछि अहिले पुन: मतदान सुरु भइसकेको छ।

रौतहटको फतुवा विजयपुरमा दुई पक्षबीच झडप, केहीबेरका लागि मतदान स्थगित

३० वैशाख, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको छ । विजयपुर नगरपालिका-३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच एकआपसमा विवाद हुँदा हवाई फायर गर्नु परेको रौतहट प्रहरीले जनाएको छ । झडपका कारण सो मतदान केन्द्रमा केहीबेरका लागि मतदान प्रक्रिया रोकिएको […]

छोराले आमाको भाेट हाल्ने विषयमा विवाद हुँदा गाेरखामा झडप

गाेरखा - गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग मावि मतदान केन्द्र 'ख' मा छोराले आमाकाे भाेट हाल्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अहिले मतदान स्थगित गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको मतदान अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो । अहिले सेना घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित

दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका […]

दोलखा अपडेट: २ स्थानमा १३ राउण्ड हवाई फायर, मतदान स्थगित

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ। मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । […]

अपडेटः दोलखाको २ स्थानमा १३ राउण्ड हवाई फायर, मतदान स्थगित

स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ।  मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । दुई स्थानमा गरी  जम्मा १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए । दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउ