पुस १२, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी प्रकृतिको सिद्धार्थ व्यवस्थित लगानी योजना मंसिर महीनामा रू. १ करोड ३० लाख ९८ हजार नोक्सानीमा रहेको छ ।
कात्तिक महीनामा योजनाले रू. १० लाख ४५ हजार नाफा गरेको थियो । मंसिर महीनामा योजनाको प्राप्त भइसकेको आम्दानी रू. ३० लाख ६५ हजार र प्राप्त भइनसकेको आम्दानी रू. १ करोड २९ लाख ३९ हजार छ । कात्तिक महीनामा रू. २९ लाख १५ हजार खर्च भएको योजनाको मंसिर महीनामा रू. ३२ लाख २५ हजार खर्च भएको छ ।
खर्च बढेसँगै योजना नोक्सानीमा गएको हो । कात्तिक महीनामा रू. १० दशमलव शून्य ५ रहेको प्रति इकाई खुद मूल्य मंसिर महीनामा रू. ९ दशमलव ३५ मा झरेको छ ।
यस योजनाको हाल २ करोड ३ लाख ११ हजार ३ दशमलव ६६ कित्ता इकाई कायम भएको छ । योजनाको खुद सम्पत्ति पनि कात्तिक महीनाको भन्दा कम भएको छ । कात्तिक महीनामा रू. २० करोड ४० लाख १३ हजार रहेको खुद सम्पत्ति मंसिर महीनामा रू. १८ करोड ९९ लाख ८८ हजारमा झरेको छ ।
योजनाले बैंक मुद्धती निक्षेप सहित धितोपत्रमा गरेको लगानीको परल मूल्य रू. १ अर्ब २७ करोड ७० हजार छ । लगानीको परल मूल्यभन्दा बजार मूल्य कम भएको छ । योजनाले गरेको कुल लगानीको बजारमूल्य भने रू. १ अर्ब १३ करोड ६ लाख ९८ हजार रहेको छ ।