पुस १४, काठमाडौं । एनआईसी एशिया सेलेक्ट–३० ले धितोपत्रमा गरेको लगानीको परल मूल्य रू. १४ करोड ३३ लाख ८ हजार रहेको छ ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाले मंसिर महीनासम्म धितोपत्र दलाल कमिशनसहित धितोपत्रमा उक्त रकम बराबरको लगानी गरेको हो ।
योजनाले गरेको लगानीको बजारमूल्य भने रू. ११ करोड ८० लाख ५० हजार रहेको छ । योजनाले बैंक मुद्दती निक्षेपमा रू. ११ करोड लगानी गरेको छ । योजनाको कात्तिक महीनाको तुलनामा धितोपत्रमा भएको लगानीको बजारमूल्य मंसिर महीनामा कम भएको छ ।
कात्तिक महीनामा योजनाको रू. ११ करोड बैंक मुद्दती निक्षेप सहित कुल लगानीमूल्य रू. २५ करोड ५२ लाख ६० हजार रहेको थियो । यो मूल्य मंसिर महीनामा रू. २२ करोड ८० लाख २५ हजार कायम भएको हो ।
कात्तिक महीनामा रू. १० दशमलव शून्य ८ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य मंसिर महीनामा घटेर रू. ९ दशमलव ८९ मा झरेको छ । योजनाको खुद सम्पत्ति कात्तिक महीनामा रू. १ अर्ब २५ करोड ९८ लाख ९३ हजार रहेकोमा मंसिर महीनामा रू. १ अर्ब २३ करोड ६४ लाख ७२ हजार कायम भएको छ ।
योजना मंसिर महीनामा योजना रू. ६४ लाख ४९ हजार नोक्सानीमा रहेको छ । कात्तिक महीनामा योजना रू. १ करोड ६९ लाख ७० हजार नाफामा रहेको थियो । यो महीना योजनाको जम्मा आम्दानी घटेकाले योजना नोक्सानीमा गएको हो । कात्तिक महीनामा रू. २ करोड ५१ लाख ३६ हजार जम्मा आम्दानी गरेको योजनाले मंसिर महीनामा रू. ३५ लाख १९ हजार मात्र जम्मा आम्दानी गरेको हो । खर्च रकम पनि कात्तिक महीनाको भन्दा बढी भएको छ ।
कात्तिक महीनामा रू. ८१ लाख ६५ हजार खर्च गरेको योजनाले मंसिर महीनामा रू. ९९ लाख ६९ हजार खर्च गरेको हो । आम्दानी कम र खर्च बढी भएकाले योजना नोक्सानीमा गएको हो । २०७८ साल असार २३ गतेदेखि सञ्चालनमा रहेको सात वर्षे अवधिको यो बन्दमुखी योजना २०८५ साल असार २२ गते परिपक्व हुनेछ ।