वैदेशिक रोजगार बोर्डको सचिवालयले सात हजार ३६० जनालाई निःशुल्क सीपमूलक तालिम दिन सुुरु गरेको छ । बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
(सीटीईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा विदेशबाट फर्केर स्वदेशमा केही गर्न चाहने युवालाई लक्षित गर्दै निःशुल्क सीपमूलक तालिम दिन सुुरु गरेको हो ।
बोर्डले वैदेशिक रोजगारमा जान चाहने, विदेशबाट फर्किएका वा स्वदेशमा नै रोजगारी गर्न चाहनेलाई विभिन्न १४ विषयमा एक महिनासम्म तालिम सुुरु गरेको जनाइएको छ ।