भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरूलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिइन् । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिनेछ । भरतपुर बहुप्राविधिक शिक्षालय जगतपुरले आयोजना गरेको २८ दिने वेकरी तालि