सरकारले बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम प्रदान गर्ने भएको छ ।
आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरूसँगको सहकार्यमा बिजनेस इन्क्युबेसन सेन्टरमार्फत १० हजार युवालाई उद्यमशीलता तालिम प्रदान गरिने शर्माले बताए...