संयुक्त अरब इमिरेट्स (यूएई) प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ। यूएईको आपतकालिन,संकट तथा विपद व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरणले बताए अनुसार यूएई प्रवेश गर्ने यात्रुले आफ्नो यात्राअघि पीसीआर परीक्षण पेश गर्नु नपर्ने भएको हो। तर पीसीआर रिपोर्टको अलवा यात्रुहरूले क्यूआर कोडसहितको स्वीकृत प्राप्त कोभिडविरुद्धको खोप लगाएको प्रमाण पत्र भने पेश गर्नु पर्नेछ।खोप नलगाएका व्यक्तिहरूको हकमा भने यात्राको ४८ घण्टा अगाडि पीसीआर रिपोर्ट हुनु पर्ने छ। खोप नलगाएका व्यक्तिहरूले यात्राको मिति