सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

१५ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार अधिकारीको नाम सिफारिस गरेको हो । यो सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ७ दिनभित्र उजुरी गर्न सक्ने सिफारिस समितिले जनाएको छ ।

सम्बन्धित सामग्री

एसएसपी तिउसिनालाई आईजी एपीएफ कमेन्डेसन

१९ चैत, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसएसपी कमल तिउसिनालाई  आईजी एपीएफ कमेन्डेसन प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयको २३औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सुनसरीमा आयोजित कार्यक्रममा तिउसिनालाई कमेन्डेसन प्रदान गरिएको हो । हाल पाथिभरा जवान तालिम शिक्षालय झापाको समादेशक रहेका तिउसिना उच्च व्यवसायिक क्षमता भएका अधिकृत […]

स्रोत नखुलेको रकमसहित सुनसरीबाट एकजना पक्राउ

विराटनगर : स्रोत नखुलेको रकमसहित सुनसरीबाट सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बुधवार सुनसरीको भोकानसिंह गाँउपालिका–६ फुलचोकबाट नगद २१ लाख ५७ हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको हो।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकही सुनसरीबाट खटिएको टोलीले कोशी गाँउपालिका–३ का अन्दाजी वर्ष २७ का वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो।राउतको साथबाट स्रोत नखुलेको नेपाली मुद्रा २१ लाख ५७ हजार बरामद गरेको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिए।उ

बोरामा राखेर भारत लैजान लागिएका दुई बच्चाको उद्धार, एक पक्राउ

३ भदौ, जनकपुर । दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल बाराको टोलीले देवताल गाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्धार गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले […]

दार्चुलाको सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी स्थापना

२५ वैशाख, धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-४ को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । बीओपीको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेड क्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्टकाअनुसार बैद्यनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) किरण ढुंगाना, ब्यास […]

एसएसपी पुरुषोत्तम थापाले पाए सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पुरुषोत्तम थापालाई दिइएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का रहेको थिए । उनको विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा भएपछि वरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी दिएको […]

एसएसपी पुरुषोत्तम थापालाई सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई दिइएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का रहेको थिए । सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले उनकाे बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा गरे पछि […]

एसपी जोगाउन हवल्दारलाई जेल

सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनुपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो।कानुन शाखामा कार्यरत एसएसपी युवराज अर्यालको एकल आदेश र इजलाशले सहमाथि हातहतियारको सूचना चुहाएको आरोप लगाए हदैसम्मको कारबाही गरी जेल पठाएका हुन्।एसपी

सशस्त्र प्रहरीमा एसपीको पदावधी ३ वर्ष बनाउन प्रस्ताव

सशस्त्र प्रहरी बलमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मूनीको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्छ । सशस्त्र प्रहरी नियमावलीमा भएको सो व्यवस्थालाई संसोधन गरेर एसपीको पदावधि ३ वर्षे बनाउन प्रस्ताव गरिएको छ ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी उपरिक्षक (एसपी)को पदावधि ३ वर्ष बनाउन गृह मन्त्रायलयमा प्रस्ताव गरेको छ । तर, गृहले सो प्रस्ताव अघि बढाएको छैन । सशस्त्र प्रहरीको प्रस्ताव अनुसार एसपीमा बढुवा भएको ३ वर्ष पूरा भएका अधिकृत एसएसपी हुन योग्य हुन्छन

सशस्त्र प्रहरीमा डिआइजी बढुवा प्रक्रिया सुरु

काठमाडौँ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआइजी)को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बल मुख्यालयले रिक्त २ डिआइजी पदका लागि डीआईजी बढुवाको लागि सूचना प्रकाशित गरेको हो । बढुवाको दौडमा एसएसपी त्रय कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का रहेका छन् । उनीहरू तीनै जना २०७५ पुस २० गते एसएसपीमा बढुवा भएका […]