सशस्त्र प्रहरीमा एसपीको पदावधी ३ वर्ष बनाउन प्रस्ताव

सशस्त्र प्रहरी बलमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मूनीको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्छ । सशस्त्र प्रहरी नियमावलीमा भएको सो व्यवस्थालाई संसोधन गरेर एसपीको पदावधि ३ वर्षे बनाउन प्रस्ताव गरिएको छ ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी उपरिक्षक (एसपी)को पदावधि ३ वर्ष बनाउन गृह मन्त्रायलयमा प्रस्ताव गरेको छ । तर, गृहले सो प्रस्ताव अघि बढाएको छैन । सशस्त्र प्रहरीको प्रस्ताव अनुसार एसपीमा बढुवा भएको ३ वर्ष पूरा भएका अधिकृत एसएसपी हुन योग्य हुन्छन

सम्बन्धित सामग्री

सशस्त्रमा एसपीको ‘पदावधि’ ३ वर्ष बनाउन अर्थ मन्त्रालयको सहमति

सशस्त्र प्रहरी उपरीक्षकको ‘पदावधि’ घटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली संशोधन गरेर पदावधि घटाउन अर्थ मन्त्रालयसँग सहमति मागेको थियो ।सहमतिका लागी अर्थ मन्त्रालयमा पेस गरिएको प्रस्ताव अनुसार सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को पदावधि ४ वर्षको सट्टा ३ वर्ष बनाउन भनिएको छ । गृह मन्त्रालयको सो प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्माले जेठ २७ मा सहमति दिएका छन् । अर्थको सहमतिपछि नियमावली संशोधन सम्बन्धी सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने छ ।  &

सशस्त्रको नियमावली संशोधन प्रस्ताव : एसपीको पदावधि घटाउँदा संगठनमा के असर पर्छ ?

सशस्त्र प्रहरीको नियमावली संसोधन गरेर एसपीको पदावधि १ वर्ष घटाएर ३ वर्ष बनाउन प्रस्ताव गरिएको छ । सो प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको छ । सशस्त्र प्रहरीको अरु पदमा चार वर्षीय सेवा अवधि कायमै राखेर एसएसपीमा बढुवा हुन ३ वर्षे पदावधि बनाउन प्रस्ताव गरिएको छ । सो प्रस्तावपछि संगठनभित्र असन्तुष्टि चुलिएको छ । सशस्त्र प्रहरी बलमा भर्ना भएका पहिलो ब्याज (सिसम–१)का अधिकृतहरु कामु सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा डेढ बर्षदेखि कार्यरत छन् । वैशाखपछि एसपीको चार वर्षे पदावधि पूरा ग