विराटनगर : स्रोत नखुलेको रकमसहित सुनसरीबाट सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बुधवार सुनसरीको भोकानसिंह गाँउपालिका–६ फुलचोकबाट नगद २१ लाख ५७ हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको हो।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकही सुनसरीबाट खटिएको टोलीले कोशी गाँउपालिका–३ का अन्दाजी वर्ष २७ का वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो।राउतको साथबाट स्रोत नखुलेको नेपाली मुद्रा २१ लाख ५७ हजार बरामद गरेको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिए।उ