कांग्रेस महासमिति : हिन्दु राष्ट्रको पक्षमा धमाधम हस्ताक्षर संकलन गरिँदै

काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन भइरहेको छ। धर्म निरपेक्षताविरुद्ध रहेका कांग्रेस नेताहरूले धमाधम महासमिति सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका हुन्।हिन्दु धर्म सापेक्ष राष्ट्रको पक्षमा खुलेका नेताहरूले महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर संकलन गरिहेका हुन्। हिन्दु राष्ट्र स्थापनाको पक्षमा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासहित अहिलेसम्म ४ सयभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षर गरिसकेका छन्।२०७५

सम्बन्धित सामग्री

गठबन्धन बहसमा बन्धक बनेको कांग्रेस महासमिति

कांग्रेस महासमिति बैठकमा गठबन्धनको मुद्दा यसरी गलपासो भइदियो कि मानौं गठबन्धन शब्द उच्चारण नगर्ने महासमिति सदस्यको अरू धारणाले नै पूर्णता नपाउला भन्ने माहोल बन्यो।

कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाइएको प्रचण्डको निश्कर्ष

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बोल्नै नपर्ने बेला कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे बोलिएको बताएका हुन् । ‘जनयुद्धकै बारेमा अहिले बेमौसमको बाजा, बोल्नै नपर्ने […]

आजका समाचार : कांग्रेस महासमिति बैठकदेखि क्रिकेटमा हारसम्म

दिनभर आजमा लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री, बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा, ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरु गर्‍यो आन्दोलन, कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान, एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन, एमाले केन्द्रीय कमिटी बैठक, प्रतिवेदनमाथि समूहगत छलफल, उन्नत सौर्य ऊर्जा परियोजना उद्घाटन, […]

राजनीतिक विश्लेषक शंकर तिवारीलाई ३ प्रश्न

जारी कांग्रेस महासमिति बैठकलाई कसरी हेर्नुभएको छ ? कांग्रेस महासमिति बैठकमा केन्द्रीय कार्य समितिबाट पास भएर पेस भएको निर्वाचनअघि गठबन्धन गर्नु हुन्न भन्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा पार्टी सभापति शेरबहादुर देउवाले...

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल हुने

सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो । त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र …

तस्बिरमा कांग्रेस महासमिति बैठक

कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ। बैठकस्थल गोदावरी क्षेत्र यतिवेला झकिझकाउ भएको छ। बैठकमा सहभागी हुन आउनेलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको छ। ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता,...

कांग्रेस महासमिति बैठकमा पेस हुने बिभिन्न दस्तावेज पारित

काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक […]

कांग्रेस महासमिति बैठकका लागि यातायात व्यवस्थापन उपसमितिमा सदस्य थप

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसको आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ । महासमिति बैठकमा जान आउनका लागि आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आज सातजना सदस्य थप गरिएको हो […]

दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति […] The post दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....