पोखरा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको तयारीमा उम्मेदवारहरु यतिबेला मतदातासँग भेटघाट गरिरहेका छन् । उनीहरु घरदैलो कार्यक्रममा सहभागी देखिन्छन् । यसै क्रममा गण्डकी प्रदेशमा केही उम्मेदवार यस्ता छन्, जो विगतमा पराजित भएर पनि यस पटक जितको खोजीमा चुनावी मैदानमा उत्रिएका छन् ।यो सूचीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । उनी प्रतिनिधिसभातर्फ तनहुँ–१ बाट उम्मेदवार बनेका छन् । ०७४ सालमा वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पराजित पौडेलले यसपटक सत्तारुढ गठबन्धनको सा