कैलासको हेलिकप्टर दुई सातादेखि स्याङबोचेमा ग्राउण्डेड

९ पुस, काठमाडौं । कैलास हेलिकप्टर सर्भिसको एक हेलिकप्टर दुई सातादेखि सोलुखुम्बु जिल्लाको स्याङबोचेमा ग्राउण्डेड भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला कार्यालयका प्रमुख उमेशकुमार पन्थीका अनुसार सिलिङ उडानमा रहेको कैलासको नाइन एन–एएमटी हेलिकप्टर स्याङबोचे विमानस्थलमा ग्राउण्डेड भएको छ । उनका अनुसार इन्जिनमा खराबी आएको र त्यसको पार्टपूर्जा नपाएका कारण सो स्थानमा हेलिकप्टर रोकेर […]

सम्बन्धित सामग्री

हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा बन्द

सुर्खेत : हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा बन्द छ। मौसमयमा आएको खराबीका कारणका कारण हप्ता दिनदेखि हवाइ सेवा बन्द भएको हो।हवाइ सेवा समेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड ४ का मनबहादुर रोकायले बताए। मंगलबार बिहान देखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण हवाइ सेवा अझै केही दिन ठप्प हुने अनुमान छ।सुर्खेत र नेपालगञ्जबाट हुम्लाको लागि उडान हुँदै आएको छ। अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन्। नियमित उडान नहुँदा सर्वसाधारणले हेलिकप्टर समेत प

मुख्यमन्त्री चढेको हेलिकप्टर आयो, कोरोना खोप आएन

१ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका १८ देखि ५५ वर्ष उमेरका नागरिकका लागि छुट्टयाइएको तीन हजार डोज भेरोसेल खोप दुई सातादेखि जिल्ला स्वास्थ्य कार्यालयमा थन्किएको छ । १७ असारमा खोप आएपछि अन्यत्र २० गतेबाट अभियान शुरु भयो । तर सडक सञ्जाल नजोडिएको चुमनुव्री गाउँपालिकामा जाने पदमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भएकाले खोप […]

हेलिकप्टरमार्फत सिर्दिबास पुर्‍याइयो १५० क्विन्टल चामल

असार २७, गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्‍याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टरमार्फत चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । उनका अनुसार अनुदानका चामल सिर्दिबास पुर्‍याइएको हो । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका समन्वयमा दुई दिन लगाएर शनिवार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पुर्‍याइएको उनले बताए । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासिन्दलाई सहुलियतमा चामल उपलब्ध गराइँदै आइएको छ । ‘बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिँड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाइ दुई दिन गरेर चामल पठाइएको छ’, सूचना अधिकारी सुनारले भने, ‘मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिवार थप चामल सिर्दिबास पुर्‍याउन सम्भव भएको हो ।’ पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्‍याएर सुरक्षित भण्डारण गरिएको उनले बताए । कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गर्नुपर्नेमा गत जेठ अन्तिम सातादेखि नै अविरल वर्षा शुरु भएपछि चामल लैजान सकिएको थिएन । हेलिकप्टरमार्फत डिपोमा पुर्‍याइएको चामल अरुवा मन्सुली प्रतिकिलो ५० रुपैयाँ ३० पैसामा बिक्री गरिने सिर्दीबास डिपोले जानकारी दिएको छ । रासस

सडकमार्ग अवरुद्ध भएपछि हेलिकप्टरबाट सिर्दीबास पुर्‍याइयो चामल

असार २४, गोरखा । बाढी र पहिराले सडकमार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा हेलिकप्टरमार्फत चामल ढुवानी  गरिएको छ ।  नेपाली सेनाको हेलिकोप्टर मार्फत् बुधवार करीब ८५ क्विन्टल चामल पुर्‍याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका सहुलियतका चामल सिर्दीबास पुर्‍याएको उनले बताए । जेठको अन्तिम सातादेखि नै लगातार परेको अविरल वर्षाका कारण सो गाउँपालिकामा सडक तथा पैदलबाट समेत अवरुद्ध भएपछि चामल ढुवानी गर्न समस्या हुँदै आएको थियो । ‘चामल ढुवानीका लागि अहिले त्यस क्षेत्रमा खच्चडसमेत हिँड्ने बाटो छैन’, उनले भने, ‘कुनै विकल्प नभएपछि हारगुहार गर्दा गृहले सेनाको हेलिकप्टर उपलब्ध गराइदिएपछि चामल ढुवानी गर्न सम्भव भएको हो ।’ हेलिकप्टरबाट दुवानी गरिएको चामल खाद्य तथा व्यापार कम्पनी लिमिटेड सिर्दिबास डिपोमा राखिएको उनले बताए । लगातारको अविरल वर्षाका कारण आएको बाढीपहिराले सडक, पैदल बाटोसँगै सञ्चार सम्पर्कसमेत बिच्छेद बनेको अध्यक्ष गुरुङले बताए । मौसम सफा भएलगत्तै हेलिकोप्टरबाट थप चामल ढुवानी गरिने उनले जानकारी दिए । लिमिटेडले सिर्दिबास डिपोमा १५० क्विन्टल पुर्‍याउने योजना रहेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । कम्पनीले चालू आवमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा अहिलेसम्म दुई हजार क्विन्टल मात्र सिर्दिबास पुर्‍याएको छ । रासस

हेलिकप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै : RajdhaniDaily.com

RajdhaniDaily.com | बलेवा । एक सातादेखि बागलुङमा हेलिकप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिकजसो हेलिकप्टर आएर कोरोना र अन्य शङ्कास्पद बिरामी पोखरा तथा -

एक दर्जन पर्यटक कञ्चनजंघा बेसक्याम्प घुमफिरमा

कंञ्चनजंघा बेसक्याम्प घुमफिर गरि फर्किएका ३ जना विदेशी नागरिक शनिबार विमान चार्टर गरेर काठमाडौं फर्किएका छन् । सीता एयरको जहाजमार्फत दिउँसो २ बजे काठमाडौं फर्किका हुन् । २ जना स्विस र १ जना फ्रान्सका नागरिक हुन् । लकडाउनका कारण उनीहरु सुकेटारस्थित होटलमा ३ दिनयता बस्दै आएका थिए । माउन्टेन एयरको हेलिकप्टर पनि शनिबार नै काठमाडौं लगिएको छ । जिल्लास्थित सदरमुकाम–पाथीभरा दर्शनार्थी बोकेर उडान गर्ने गरेको थियो । हेलिकप्टर एक सातादेखि सदरमुकाममै राखिएको थियो ।

डोल्पाको रोग प्रभावित क्षेत्रमा विशेषज्ञसहित चिकित्सकको टोली

त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडामा फैलिएको रोगको नमूना परीक्षणको लागि बुधबार चिकित्सकसहितको विशेषज्ञ टोली हेलिकप्टर मार्फत पुगेको छ। फागुनको पहिलो सातादेखि फैलिएको रुघाखोकी र ज्वरोले सिँगो गाउँ थला परेपछि रोगको कारण पत्ता लगाउन चिकित्सकसहितको टोली हेलिकप्टरबाट रोग प्रभावित क्षेत्रमा पुगेको हो।

चिकित्सक र औषधि बोकेर काठमाडौंबाट हेलिकोप्टर जाने

डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडामा एक सातादेखि फैलिएको मौसमी ज्वरो (सिजनल फ्लु) बताइने अज्ञात रोगका बिरामीको उपचारका लागि औषधि र चिकित्सक बोकेर काठमाडौंबाट हेलिकप्टर जाने भएको छ। कर्णाली प्रदेशका मन्त्रीहरूले औषधिसहित चिकित्सक पठाउन माग गर्ने निर्णय गरेर केन्द्रमा पठाएको थियो।&nb...