समयमै काम सम्पन्न गर्न ठेकेदारलाई मन्त्री पाण्डेको निर्देशन

भरतपुर - शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका छन् । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन् ।   सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । '...

सम्बन्धित सामग्री

समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगरिने

माेरङ – कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने जनाएको छ। सोमबार प्रदेशका मन्त्री दुर्गाप्रसाद चापागाइले विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने निर्माण ब्यवसायीलाई तत्काल कामको प्रगति बढाउन निर्देशन दिएका हुन्। कार्य समापनका लागि तोकिएको समयभन्दा ढिलो गर्ने २५ भन्दा बढी […]

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

भरतपुर। शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका छन्। मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन्। सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

म्याद थपिएका योजना मंसिरभित्र सक्न निर्देशन

उनले आर्थिक वर्षको अन्त्यमा विकास योजनाका काम सम्पन्न गर्दा गुणस्तरीय नहुने बताए। ‘हतारमा काम गर्दा गुणस्तरीय भएन भन्ने जनगुनासोलाई सम्बोधन गरेका हौं’ उनले भने, ‘यो वर्ष समयमै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ।’...

बलेफी–नौबिसे सडक नियमित सञ्चालन गर्ने व्यवस्था गर्न सभामुख सापकोटाको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले आज सिन्धुपाल्चोकको ‘बलेफी जलविरे तेम्वाथान’ सहायक राष्ट्रिय राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको बलेफी नौबिसे सडकखण्डको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले समयमै तोकिएको मापदण्डअनुसार काम सम्पन्न गर्न र बाटो नियमित सञ्चालन गर्ने व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देशन दिए ।सडक अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, बलेफी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सडक डिभिजन कार्यालय दोलखाका इञ्जिनियर, निर्माण पक्ष लगायतको उ

द्रुतमार्गको काम निर्धारित समयमै सक्न निर्देशन

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।सोमबार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निस्कर्ष निकालेको छ । समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरू हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि ठोस […]

फास्ट ट्र्याकको काम निर्धारित समयमै सक्न संसदीय समितिको निर्देशन

काठमाडौँ – प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निष्कर्ष निकालेको छ। समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरु हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि […]

समयमै योजना सम्पन्न गर्न मन्त्री चौधरीको निर्देशन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको निर्देशनमा मन्त्रीसहित आएको मन्त्रालयको टोलीले ५२ किलोमिटर सडक र बरहवा तालको निर्माणको ठेक्का लिएको निर्माण कम्पनीका साथै सरोकारवालालाई एक ठाउँमा राखेर चाँडै काम सम्पन्न गर्न निर्देशन दिएको छ।...

तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको काम समयमै सक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छिन् । मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले नीतिगत र कानुनी समस्या भएमा समाधानका लागि जानकारी गराउन समेत निर्देशन दिएकी छिन् ।‘यो वा त्यो बहाना देखाएर काम पन्छाउने वा भाग्न पाइँदैन । भूमि सम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजना अनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्नुपर्छ,’ उनले भनिन् । बैठकम

निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन

राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको बसन्तपुर–म्याङलुङ खण्डको काम जतिसक्दो चाँडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निर्माण कम्पनीलाई निर्देशन दिएका छन । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला बीचको छलफलको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समय भित्रमा सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।तोकिएको समयभित्र जिल्लामा निर्माणाधीन […]

लुम्बिनी सभागृहको काम सम्पन्न हुने चरणमा

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तरराष्ट्रिय बौद्ध सभा तथा ध्यान गृह’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि पहिलो चरणको काम थपिएको म्यादभित्रै करीब सकिएको कोषले बताएको छ । २०७४ को बुद्धजयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको सोही निर्देशनअनुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोह आयोजना गर्दै आएको छ । सँगसँगै स्थायी सभाहल निर्माणको काम पनि शुरू भएको थियो । स्थायी सभाहलअन्तर्गत पहिलो चरणको काम करिब सकिन लागेको छ भने दोस्रो चरणको काम पनि शुरू भएको छ । लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण शुरू गरेको हो । दोस्रो चरणको काम सम्पन्न हुँदा यो सभाहल नेपालकै ठूलो र अत्याधुनिक सभाहलका रूपमा तयार हुनेछ । सभाहल दक्षिण एशियामै पहिलो हुने कोषले बताएको छ । यो सभाहल लुम्बिनी गुरुयोजनामा समावेश नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र आवश्यकताका आधारमा निर्माण गरिएको कोषको भनाइ छ ।     पहिलो चरणमा सभाहल, दुईओटा शौचालय र कन्ट्रोल रूम करीब सम्पन्न भएका छन् । हालसम्म सभाहलको भुइँ, छानो फल्स सिलिङ र अन्य फिनिसिङका काम सकिएका छन् । दोस्रो चरणअन्तर्गत साभहलको वरिपरि पार्टिसन गर्ने काम शुरू भएको छ ।      त्यस्तै दोस्रो चरणमै रोष्टममा उभिएर गरिने भाषणलाई १६ ओटा भाषामा उल्था हुने अत्याधुनिक प्रविधि जडान गरिनेछ । आगामी बुद्ध जयन्तीको मूल समारोह सोही सभाहलमा आयोजना गर्न मिल्नेगरी काम भइरहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । आगामी डेढ वर्षभित्र दोस्रो चरणका सबै काम सकेर सभाहल हस्तान्तरण गर्ने योजनानुसार काम भइरहेको निर्माण कम्पनी बाबुल जेभीका प्रबन्धक सन्तोष अधिकारीले बताए । कोरोना महामारीका कारण पहिलो चरणको काम निर्धारित समयमा सम्पन्न गर्न नसकिए पनि दोस्रो चरणको काम समयमै सम्पन्न हुने उनको अपेक्षा छ । ३८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको छानो ५० एमएमको इपिएस स्यान्डबीच प्यानलको ट्रसबाट बनेको छ ।  रासस