भारत र अष्ट्रेलियाबीचको चौथो, अन्तिम तथा निर्णायक टेष्टको दोस्रो दिनको खेल वर्षाले प्रभाबित भएको छ । दोस्रो दिनको खेल वर्षाले प्रभाबित भई स्थगित हुनुअघि भारतले पहिलो पारीमा दुई विकेटको क्षतिमा ६२ रन बनाएको छ ।
ओपनरद्वय रोहित शर्मा र मयन्क अग्रवाल पेभेलियन फर्किसकेका छन् । शर्मा ४४ रन बनाएर पेभेलियन फर्किनुभयो । भारत पहिलो पारीमा अझै ३०७ रनले पछाडि परेको छ । तेस्रो दिनको खेल चेतेश्वर पूजाराले आठ तथा अजिन्क्यै रहानेले दुई रन बनाएर अगाडि बढाउनेछन् । अष्ट्रेलियाका लागि नाथन लियोनले एक तथा प्याट्ट क्युमिन्सले एक विकेट लिनुभयो ।