सरकारी शिक्षकका रुपमा सामुदायिक विद्यालयमा पढाउने तर आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने परिपाटीको चर्को आलोचना भैरहेको छ । यसबीच तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको …
काठमाडौं ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को विज्ञान तथा प्रविधि विषयको शिक्षक निर्देशिका जारी गरेको छ। विकास केन्द्रले सिकाइ सहजीकरणमा शिक्षकलाई निरन्तर सहयोग पुगाेस् भन्ने हेतुले यस निर्देशिकाको विकास गरिएको जनाएको छ।उक्त निर्देशिकामा विषयगत पढाउने समय, पढाउने तरिकालगायत कुराहरू समावेश छन्। विकास केन्द्रका अनुसार शिक्षक निर्देशिका शिक्षकलाई कार्यगत प्रशिक्षण दिने र सिकाइ सहजीकरण प्रक्रियामा नवीन प्रविधिसँग सधैं सक्रिय राख्ने
काठमाडौँ– बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ । बुढीनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालयमा गणित नेपाली र विज्ञान विषय पढाउने शिक्षक नभएको पाइएको हो । कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अलग अलग विषय पढाउने शिक्षक नहुँदा पढाइमा बाधा पुगेको विद्यार्थीहरूको गुनासो […]
वीरगंज : पर्सा प्रहरीले 'होम ट्युसन' पढाउने एक शिक्षकलाई पक्राउ गरेको छ। ट्युसन पढाउने क्रममा एक बालिकालाई अनैतिक गतिविधि गरेको आरोपमा ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनायो।
पक्राउ पर्ने शिक्षक वीरगंजमा सञ्चालित एक सरकारी प्राविका प्रधानाध्यपक रहेका छन्। गत शुक्रवार साँझ होम ट्युसन पढाउने क्रममा ७ वर्षीया बालिकासँग घरमा कोही…
आगामी वैशाख दोस्रो हप्तादेखि हुने एसइई परीक्षा नजिकिँदै गरेपनि ब्रेललिपी पढाउने शिक्षक र पाठ्यपुस्तकका सबै भाग नहुँदा दृष्टिविहीन विद्यार्थीहरु समस्यामा परेका छन्। सिराहाको लहानस्थित पशुपति आदर्श माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु...
कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकुल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरुको अभाव भएको हो । विसं २०७० महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरुकुल विद्यालय स्थापना गरिएको थियो । पहिलो चरणमा कक्षा दुई सम्मको अध्ययन अनुमति जिल्ला शिक्षा कार्यालयबाट लिइएकामा हाल कक्षा छ सम्मको अध्यापन हुने भए एक जना पनि संस्कृत शिक्षक नभएको विद्यालय व्यवस्था
काठमाडौं : सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई पढाउने समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत परीक्षाको तयारी नगर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार एक सूचना जारी गरि पठनपाठनमा असर पुगेको भन्दै शिक्षकलाई यस्तो निर्देशन दिएको हो।‘सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, अनलाइन कोचिङ पढाउने गरेको गुनासो प्राप्त भएको छ,’ सूचनामा उल्लेख छ।यी निर्देशनलाई बेवास्ता गरेको पाइए कानुनी का
१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने बताएका छन् । शुक्रबार शिक्षक संगठनको १२औं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘राजनीतिक पार्टीको कार्यकर्ताको हिसाबले पढाइ छोडेर पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ ओलीले भने । तर, कतिपय देशमा […]
१० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत भाषा शिक्षक राखेको पाइएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि आधारभूत तहमा अनिवार्य गरेको नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाउने शिक्षकको नियुक्ति नियमावली विपरीत गरेको हो । महानगरले नेपाल भाषा पढाउने अधिकांश शिक्षक ५० वर्षभन्दा माथि उमेर भएका शिक्षक पठाएको विद्यालयहरुको भनाई छ […]
गुल्मी : मालिका गाउँपालिकाले ४० जना शिक्षकलाई स्नातकोत्तर तह निःशुल्क पढाउने भएको छ। नगरपालिकाले रेसुङगा बहुमुखी क्याम्पससँग सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।शिक्षामा गुणस्तर ल्याउन शिक्षक पढाउने रणनीति लिएको भण्डारीको भनाइ छ। पहिलो वर्ष गाउँपालिकाले ४० जना शिक्षक पढाउन दुई लाख रुपैयाँ क्याम्पसलाई प्रदान गर्दै सम्झौता भएको भण्डारीले जानकारी दिए।शिक्षक दक्ष भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकाले यस कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका