विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित

काठमाडौँ– बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ । बुढीनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालयमा गणित नेपाली र विज्ञान विषय पढाउने शिक्षक नभएको पाइएको हो । कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अलग अलग विषय पढाउने शिक्षक नहुँदा पढाइमा बाधा पुगेको विद्यार्थीहरूको गुनासो […]

सम्बन्धित सामग्री

दुर्गमका विद्यालयमा जनशक्ति अभाव

‘विषय शिक्षक छैनन्, एउटै कोठामा १ सय ४० जना विद्यार्थी खाँदिएर भुइँमा बस्छौं, अर्को स्कूल जाउँ भने दिनभर लाग्छ,’ बाजुराको अति विकट स्वामीकार्तिक खापर गाउँपालिकाको साप्पाटास्थित राघुमाता माध्यमिक विद्यालयमा कक्षा ९ अध्ययनरत पाण्डव विकले भने, ‘के हामी जस्तो दुर्गममा बस्ने गरिबका बच्चालाई राम्रो शिक्षा पाउने अधिकार छैन ?’ शिक्षक–अभिभावककै अघिल्तिर उनले तिखो स्वरमा गुनासा पोख्दै गर्दा विद्यालयका शिक्षक र विद्यार्थीले ताली बजाएर समर्थन गरे ।

एसियाड खेल्ने जुडो खेलाडीको बिदाइ

महेन्द्र रत्न क्याम्पसले चीनको हाङचउमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिने आफ्ना तीन खेलाडीलाई मंगलबार बिदाइ गरेको छ । स्नातक तह प्रथम वर्षमा अध्ययनरत तीन जुडो खेलाडीलाई क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापालगायतले सफलताको कामनासहित बिदाइ गरे ।

मधेश प्रदेशका लागि अंग्रेजी विषय शिक्षक सिफारिस

२७ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले मधेश प्रदेशका लागि मावि तह, तृत्तीय श्रेणी अंग्रेजी विषय शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुल्लातर्फको १२, महिलातर्फ ३, आदिवासी जनजातितर्फ ३ मधेशी दुई, दलित १ र अपाङ्गतातर्फ १ गरी २२ रिक्त दरबन्दीको लागि परीक्षा सञ्चालन गरेको थियो । नतिजा अनुसार अपाङ्गता सिटमा भने खाली […]

शिक्षकको परीक्षामा माग भन्दा धेरै कम परीक्षार्थी पास

३० भदौ, काठमाडौं । शिक्षक सेवा आयोगको सार्वजनिक गरेको माध्यमिक तह तृतीय श्रेणीको नतिजाअनुसार विद्यालय तहमा फेरि पनि शिक्षक अभाव हुने देखिएको छ । आयोगले गत असार ९ गते लिएको विषयगत परीक्षामा चाहिए जति परीक्षार्थी उत्तीर्ण हुन नसकेपछि विषय शिक्षक पाउनै सकस देखिएको छ । आयोगको तथ्यांकअनुसार आवेदन दिने पर्याप्त भए पनि उत्तीर्ण हुने संख्या […]

विषय शिक्षक पाउनै मुस्किल

तनहुँको भानु नगरपालिका–३ चाम्बासस्थित हिमालय माध्यमिक विद्यालयले माध्यमिक तहमा अंग्रेजी विषयको शिक्षक नपाउँदा प्राथमिक तहको शिक्षकबाट पठनपाठन गराउँदै आएको छ ।

नीति आएन, कार्यक्रम मात्रै आयो

यसपटक शिक्षा क्षेत्रमा नीति आउला भन्ने अपेक्षा गरेको थिएँ । तर, कार्यक्रम मात्रै आयो । विद्यालय तहमा विषय शिक्षक दरबन्दी पुनरावलोकन गरिने कुराकानी, दिवा खाजा विस्तार गरिने कुरा सरकारले गर्ने होइन । पाँच कक्षासम्म दिँदै आएको खाजा अब आठ कक्षासम्म दिने, यदि खाजा खुवाउने नै हो भने त्यो जिम्मा कसको हो भनेर स्पष्ट भनिनुपर्छ नीतिमा […]

विद्यार्थी कुट्ने शिक्षकले  मागे माफी

विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाउने बेनीको प्रकाश माविका शिक्षकले माफी मागेका छन् । विद्यालयले उपचार खर्च बेहोर्ने, शिक्षकलाई स्पष्टीकरण सोध्ने र शिक्षकले माफी माग्नेलगायत पाँचबुँदे सहमति आइतबार भएको हो । यही फागुन १३ गते लेखा विषय शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको दुई वटा करङ भाँचिएको थियो । घटनाको दश दिनपछि कुटपिट गर्ने शिक्षक घिमिरेले कमजोरी स्वीकार गरेर गल्ती नदोहोराउने लिखित माफी मागेपछि विद्यार्थीका अभिभावक र व्यवस्थापन समितिका पदाधिकारीबीच स

प्राविधिक पढाइमा लापरबाही, विषय शिक्षक अभाव

जुम्ला-संघीयता कार्यान्वयन पश्चात स्थानीय सरकार सञ्चालनपछि जुम्लाका झण्डै दुई दर्जन विद्यालयमा विभिन्न विषयको प्राविधिक पढाइ सुरु भएको छ । सामुदायिक विद्यालयले सिटिईभिटीबाट अनुमति लिएर प्राविधिकतर्फ विभिन्न विषयमा अध्ययन अध्यापन गराउँदै आएका छन् ।यसअघि नेपालकै जेठो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालयमा मात्रै प्राविधिक धारतर्फका विषय मात्रै पठनपाठन हुन्थे । स्थानीय तह सञ्चालनपछि जुम्लाका झण्डै दुई दर्जन […]

आठ महिनासम्म सामाजिक शिक्षाको पढाइ भएन

सोलुखुम्बु : यहाँको एक माध्यमिक विद्यालयमा शैक्षिक सत्र शुरु भएको आठ महिना बितिसक्दासमेत सामाजिक शिक्षा विषयको पढाइ शुरु भएको छैन।  लिखुपिके गाउँपालिकामा रहेको हिमगङ्गा माध्यामिक विद्यालय चौलाखर्कमा सामाजिक विषय शिक्षक नहुँदा पठनपाठननै प्रभावित भएको छ। विद्यालयले शिक्षकको व्यवस्थापन गर्न नसक्दा पढाइमा असर परिरहेको वि...

शिक्षक नहुँदा पढाइ प्रभावित

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको एक विद्यालयमा विषय शिक्षक व्यवस्था नहुँदा पढाइ प्रभावित हुँदै आएको छ। सिदिङ्वा गाउँपालिका–४, साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विगत दुई वर्षयता पढाइ प्रभावित हुँदै आएको हो।