पूर्व-पश्चिम राजमार्ग बन्द गराउन खोज्दा जनमत पार्टी महोत्तरीका १२ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलन गर्दैगर्दा प्रहरीले उनीहरुलाई बिहीबार बर्दिवासको रातुखोला र बजार क्षेत्रबाट पक्राउ गरेको हो ।