सप्तरीमा जनमत पार्टी र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते

काठमाडौं, ८ माघ। सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ। सोमबार कृषि विश्वविद्यालयको शिलान्यासका क्रममा जनमतका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ। प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन्।

सम्बन्धित सामग्री

जनमत पार्टी र जसपाका नेता तथा कार्यकर्ताबीच झडप, सांसद साह घाइते

जनकपुर । डा. सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ता र जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताबीच झडप भएको छ । शनिबार सर्लाहीकाे इश्वरपुर नगरपालिका ६ बयलबासस्थित क्लवको उद्घाटन विषयमा विवाद हुँदा झडप भएको हो ।  उद्घाटन गर्न पुगेका सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रमोद साहको टाउकोमा चोट लागेको...

विज्ञप्तिमा ‘तालीबानी प्रकरण’: किन चुकिरहन्छ मधेस प्रदेश ?

जनकपुरधाम । बुधबार जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भयो । झडपमा केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । किसान आन्दोलनको नाममा जनमत पार्टी का कार्यकर्ताले गरेको प्रदर्शनका विषयमा बुधबार नै प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले विज्ञप्ति जारी गरेको समाचार आयो । तर उनले जारी गरेको भनिएको विज्ञप्ति अहिलेसम्म सार्वजनिक भएको […]

धनुषामा प्रहरी–जनमत पार्टी झडप

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित पोर्ताहामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले रबरको गोली चलाउँदा पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । आठ जना प्रहरीलाई पनि चोटपटक लागेको छ । घाइते हुनेमा सीके राउतका कार्यकर्ता धनुषाको शहीदनगर नगरपालिका–१ बस्ने २५ वर्षीय विजय यादव, जनकनन्दनी गाउँपालिका–४ खजुरी बस्ने २२ वर्षीय बैजनाथ यादव, […] The post धनुषामा प्रहरी–जनमत पार्टी झडप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

धनुषामा गोली चल्यो, के भयो ?

काठमाडाैं।पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ गाेदारमा राजमार्ग बन्द गरी बसेका डा. सीके राउत नेतृत्वकाे जनमत पार्टी नेपालका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ।केही समय प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडपसमेत भएको थियाे । झडपका क्रममा नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका एक र पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरधामा उपचार चलिरहेको छ ।

धनुषाको पोर्ताहामा झडप, ३ जना सुरक्षाकर्मी घाइते

धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहास्थित पूर्व पश्चिम राजमार्गमा जनमत पार्टी र प्रहरीको बीचमा झडप भएको छ । जनमत पार्टीले राजमार्ग अवरुद्ध गरेपछि खुलाउन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।झडपमा प्रहरीले १६ सेस अश्रुग्याँस र ११ राउण्ड रबरको गोली प्रहार गरेको छ । रबरको गोली लागेर सिके राउत नेतृत्वको जनमत पार्टीका ४ जना कार्यकर्ता घाइते भएका छन् । आन्दोलनकारीको ढुंगा र लाठी प्रहारबाट दुईजना प्रहरी जवान र सशस्त्र प्रहरीका एकजना जवा

सीके राउतको आन्दोलनमा गोली चल्यो, एक प्रहरीसहित ६ जना घाइते

धनुषा- सीके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको आन्दोलनका क्रममा धनुषाको पोर्ताहामा गोली चलेको छ । गोली प्रहारबाट एक प्रहरीसहित पाँच प्रदर्शनकारी घाइते भएका छन् । किसानमुखी विभिन्न सात मागसहित अनिश्चतकालीन यातायात बन्दमा उत्रिएको  जनमत पार्टी तोडफोडमा उत्रिएपछि गोली चलाइएको प्रहरीले जनाएको छ । अवस्था नियन्त्रण बाहिर जान खोजेपछि २५ शेल आँश्रुग्यास र प्लाष्टिकका गोली […]