सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप : प्रोफेशनल–एमेच्योरको उपाधि पूर्ण शर्माको टोलीलाई

काठमाडौं  (अस) । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपमा प्रोफेशनल–एमेच्योर (प्रो–एएमए)को उपाधि पूर्ण शर्माको टोलीले जितेको छ । आइतवार गोकर्ण गल्फ क्लबमा आयोजित ७२ पारको सो खेलमा प्रो शर्मा एमेच्योर महेन्द्र फगामी, समीर आचार्य र कश्मिरा शाहको टोलीले १५३ अंकसहित उपाधि जितेको हो । प्रतियोगितामा पूर्णले ४४ अंक, महेन्द्रले ३८ अंक, समीरले ३६ अंक र कश्मिराले ३५ अंक बटुलेका थिए । प्रो सञ्जय लामाको टोलीले भने १४२ अंकसहित दोस्रो स्थान प्राप्त गर्‍यो । टोलीमा सञ्जय लामाले ३८ अंक बनाउँदा, एमेच्योर विकास शाहले ३५, बाबु शेर्पाले ३५ र कर्णेल प्रताप बोहराले ३४ बनाए । प्रो रवि खड्काको टोलीमा खड्काले ३८ अंक बनाउँदा एमेच्योरहरू आङ डेन्डी शेर्पाले ३४, चन्द्र लिम्बुले ३४ र किशोर बस्तेतले ३० अंकसहित १४० अंक जोडेर तेस्रो स्थान प्राप्त गरे । ३५ अंक जोडेकी कश्मिरा शाहले उत्कृष्ट एकल खेलाडीको उपाधि पाइन् । दावा जे शेर्पाले ‘लङ्गेस्ट ड्राइभ’ जित्दा आरती राज्य लक्ष्मी राणाले ‘क्लोजेष्ट टू द पिन’ उपाधि हात पारिन् । प्रतियोगितामा सहभागी ११३ खेलाडीमा २४ जना प्रो थिए । यस सिजनको सूर्य नेपाल गल्फ टूरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप सोमवार सम्पन्न हुँदै छ ।

सम्बन्धित सामग्री

सुवासले जोगाए प्रिमियर गल्फ उपाधि

डिफेन्डिङ च्याम्पियन सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् ।

सूर्य नेपाल प्रिमियर गल्फमा शुक्र च्याम्पियन

धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर २ सय ६९ को सानदार नतिजामा सूर्य नेपाल गल्फ टुर २०२१/०२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन् । करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौ उपाधि हात पारे । उपाधिसँगै जितेको […]

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता : शुक्रबहादुर राई बने च्याम्पियन

काठमाडौं (अस) । सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगितामा धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई च्याम्पियन बनेका छन् । उनी ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २६९ को नतीजा निकाल्दै ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन’ बनेका हुन् । शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करीअरको सातौं उपाधि हात पारे । उपाधिसँगै उनले २ लाख ५० हजार नगद पुरस्कार पाएका छन् । उनी पहिलोपटक नेपालको नम्बर एक गल्फर बनेको आयोजकले बताएको छ । प्रतियोगितामा १३ अन्डर २७५ सहित निरज दोस्रो भएका थिए । समग्रमा १२ अन्डर २७६ सहित भुवन तेस्रो भए । एमेच्योर वाङचेन ढोन्डुपले १ ओभर ७३ सहित समग्रमा ११ अन्डर २७७ सहित एमेच्योरतर्फ उपाधि जिते । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १० अन्डर २७८ सहित एमेच्योरतर्फ दोस्रो भए । चारदिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता थियो । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको थियो । प्रतियोगिताका विजेताले २ लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश: १ लाख ५५ हजार र १ लाख १० हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सुक्रलाई प्रिमियर गल्फ उपाधि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुक्रबहादुर राईले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न चारदिने प्रतियोगितामा सुक्रले कूल १९ अन्डर २६९ खेल्नुभयो ।

पूर्ण शर्माको टोलीलाई उपाधि

प्रोफेसनल गल्फर पूर्ण शर्मा नेतृत्वको टोलीले आइतबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम उपाधि जितेको छ।...

पूर्णको टोलीलाई प्रो–एम उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पूर्ण शर्माको टोलीले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम उपाधि जितेको छ । आइतबार गोकर्ण गल्फ क्लबमा भएको खेलमा प्रो पूर्णमा एमेच्योर महेन्द्र फगामी, समीर आचार्य र कश्मिरा शाहको टोलीले १५३ अंक जोड्दै उपाधि जितेको हो । प्रो पूर्णले ४४, महेन्द्रले ३८, समीरले ३६ र कश्मिराले ३५ अंक जोडेका थिए । […]

पूर्णको टिमले जित्यो सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एमको उपाधि

काठमाडौं । प्रो गल्फर पूर्ण शर्माको टिमले आइतबार सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एमको उपाधि जितेको छ ।  गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा पूर्णको टिममा एमेच्योर महेन्द्र फगामी, समिर आचार्य र कश्मिरा शाह थिए । उनको टिमले १५३ अंक जोडेको थियो । पूर्णले ४४ अंक जोडे भने महेन्द्रले ३८, समिर ३६ र...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप: अमेच्योर शुक्र बहादुर राईले जिते उपाधि

काठमाण्डाै - सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि अमेच्योर खेलाडी शुक्र बहादुर राईले जितेका छन् । ७२ पारको गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न प्रतियोगितामा प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्र च्याम्पियन बनेका हुन् । तीन चरणको समाप्तिसम्ममा एक स्ट्रोकको अग्रता लिएका शुक्रले अन्तिम ...

एमेच्योर सुवासलाई प्रिमियर गल्फ च्याम्पियनसिप उपाधि

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले जित्नुभएको छ ।