११ जेठ, काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन प्रो गल्फर शुक्रबहादुर राईले दोस्रो स्थानका निरज तामाङमाथि १ स्ट्रोकको अग्रता बनाएका छन् । गोकर्ण गल्फ कोर्समा बुधबार ६ अण्डर ६६ सहित शुक्रले १६ अण्डर २०० को स्कोरकार्ड खडा गरेका छन् । ओभरनाइट लिडर निरजले तीन अण्डर ६९ सहित १५ अण्डर २०१ को स्कोर […]