निर्वाचन आयोगलाई अर्थमन्त्रालयले दियो ७ अर्ब

न्युज अफ नेपाल, काठमाडौं । सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ । मंगलबार अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्ती विष्णू पौडेलले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रकम उपलब्ध गराएको बताए । मंगलबार (आज) नै प्रधानमन्त्री ओलीले आगामी बैशाख वैशाख १७ र २७ गरि दुई चरणमा […]

सम्बन्धित सामग्री

फागुनमा मात्र अर्थले दियो झण्डै ८ अर्बको स्रोत सुनिश्चितता

६ चैत, काठमाडौं । एक महिनाको अवधिमा अर्थ मन्त्रालयले ८ अर्बको स्रोत सुनिश्चितता दिएको छ । मन्त्रालयका अनुसार बहुवर्षिय ठेक्काको सहमति र बजेटसँग सम्बन्धित सहमति सो रकम बराबरको दिइएको हो । यस महिनामा रासायनिक मल खरिदका लागि ७ अर्ब ७५ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको छ । यस्तो स्रोत सुनिश्चितता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको […]

आइओसीलाई तिर्न सरकारले दियो निगमलाई ७ अर्ब ऋण

भारतीय आयल कर्पोरेसन्सको ऋण तिर्न सरकारले आयल निगमलाई ७ अर्ब ऋण दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सरकारलाई ऋण तिर्ने सीमा ५ वर्ष राखेर निगमलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

हजारबाट शुरू, २४ वर्षमा ७ अर्ब

काठमाडौं । २४ वर्षअघि प्लाष्टिकको त्रिपालमुनि चाउमिन, मम बेच्ने लक्ष्मण न्यौपाने अहिले झण्डै ७ अर्ब रुपैयाँ लगानीको व्यावसायिक घराना सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी हाँकिरहेका छन् । नेपालको सफल हस्पिटालिटी व्यवसायको रूपमा यसको पहिचान बनेको छ । ग्रुप अध्यक्षमा ५१ वर्षका लक्ष्मण छन् । शुरूको पारिवारिक व्यवसायमा अहिले ८० भन्दा बढी साझेदार छन् । वार्षिक २४ प्रतिशत ब्याजमा ५० हजार रुपैयाँ ऋण लिएर टीकापुरमा शुरू गरेका सिद्धार्थ गेष्ट हाउस न्यौपानेको पहिलो भेन्चर थियो । उनका बुबा कहिले भारतको मुम्बईमा सिल्क साडीको व्यापार गर्थे त कहिले आसामको गुवाहाटीमा गाईवस्तु पालेर दूध र खाद्यान्न विक्री गर्थे । बुबासँगै गुवाहाटी बसेका लक्ष्मणलाई त्यहाँ बस्न मन लागेन ।  नेपाल त आए, यहाँ टिक्ने उचित वातावरण देखेनन् । साथीहरूसँग पुनस् भारत फर्किए । यसपटक उनको गन्तव्य आसाम नभई दिल्ली र मुम्बई शहर बन्यो । गुल्मीमा जन्मिएका न्यौपानेको मनमा स्वदेशमा केही गर्नुपर्छ भन्ने हुटहुटी भने जहाँ पुगे पनि मरेन । मुम्बईमा साडी व्यापार गर्दा उनले सुदूरपश्चिममा राम्रो विकास हुँदै गरेको सुने । जनसंख्या कम भएको, कसैले नचिनेको र कसैको सम्पर्क नहुने गुल्मीमै व्यवसाय गर्ने सोच बनाएका उनलाई यो खबरले विकल्प दियो ।  पुन: नेपाल फर्किएका न्यौपानेले कैलालीको टीकापुरलाई कर्मथलो बनाउने निधो गरे । ‘आफ्नै गाउँठाउँमा काम गर्न सहज छैन,’ न्यौपाने भन्छन्, ‘अहिले युवाहरू नेपालमा काम नपाएर विदेश गएका होइनन् । कुल्ली काम गर्नेले पनि यहाँ २५–३० हजार रुपैयाँ कमाउँछ । तर, उनीहरूलाई आफ्नो ठाउँमा काम गर्न अप्ठेरो लाग्छ । काम गर्नेको सम्मान नहुने कारणले यस्तो भएको हो । मैले गुल्मी छाडेर टीकापुर रोज्नुको कारण पनि त्यही थियो ।’  ‘अहिले नेपालका व्यावसायिक घराना तथा ठूला बिजनेश हाउसको पृष्ठभूमि हेर्दा पनि उनीहरूले आफ्नो थातथलोमा नभई अन्यत्रै पुगेर प्रगति गरेको देखिन्छ,’ न्यौपाने भन्छन्, ‘नयाँ ठाउँमा जाँदा व्यक्तिको शीप, मेहनत र कामबाहेक अरू कुराको मतलब हुँदैन । जस्तो कि विदेशबाट आउँदा मान्छे र कमाइ हेरिन्छ, के काम गर्थ्यो हेरिँदैन ।’ आफ्नै गाउँठाउँमा व्यवसाय गर्दा धेरै कुराले प्रभाव पार्ने उनको अनुभव छ ।  उनले चर्को ब्याजको ऋण लिएर २०५४ सालमा टिकापुरमा त्रिपालको छाप्रोमा चाउमिन र मम पसल सुरु गर्दा नेपाल भ्रमण वर्ष–१९९८ चलिरहेको थियो । त्यसको दुई वर्षभित्रै, २०५६ सालमा टीकापुरमै नौ कोठे ‘हिमाल गेष्ट हाउस’ शुरू गरे । पछि उनले त्यसको नाम परिवर्तन गरी ‘सिद्धार्थ गेष्ट हाउस’ बनाए । त्यही नामबाट अहिले ‘सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी’ माउ संस्था बनेको छ ।  ‘बिजनेश गर्छु र यही क्षेत्रमा सफल बन्छु भन्ने भित्री मनमै थियो,’ उनी भन्छन्, ‘त्यो आत्मविश्वास नभएको भए आज म यहाँ आइपुग्ने थिइनँ, सफल हुन धैर्य र आत्मविश्वास जरुरी हुन्छ ।’  आज नभए, भोलि हुन्छ भन्ने सकारात्मक सोचले आफूलाई सधैं आशावादी बनाएको उनले सुनाए । यो ग्रुपले अहिले देशका विभिन्न भागमा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफे र कटेज सञ्चालन गरिरहेको छ । पहिला बैंकसम्म पुग्न नसक्दा चर्को ब्याजमा ऋण लिएको अनुभव संगालेका लक्ष्मण पैसाभन्दा इमानदारी, काममा लगावलाई सफलताको सूत्र मान्छन् । आफ्नो व्यावसायिक समूहको नाम शान्तिदूत सिद्धार्थ गौतमसँग जोडिएकोले त्यसले खराब काम गरे बुद्धकै नाम कलंकित हुने डर उनलाई छ ।  आत्मविश्वास र धैर्यलाई सफलताको सूत्र मान्ने लक्ष्मण आफ्ना योजना साथीहरुलाई पनि सुनाउने गरेको बताउँछन् । उनको पछिल्लो परियोजना भैरहवामा निर्माणाधीन होटल सिद्धार्थ ६ महीनाभित्र सञ्चालनमा आउँदैछ । पाँचतारे स्तरको उक्त होटल १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा तयार हुनेछ ।  ‘दुई वर्षभित्र सञ्चालन गरिसक्ने योजना साथ होटल निर्माण शुरू गरेकोमा कोभिड–१९ ले पछि धकेल्यो,’ उनले सुनाए । नुवाकोटमा पनि सिटी डिलक्स स्तरको होटल खोल्ने न्यौपानेको योजना छ । उक्त ग्रुपको सुर्खेत, नेपालगञ्ज र काठमाडौंको बौद्धमा गरी चारतारे स्तरका ३ होटल सञ्चालनमा छन् । पहिलोपटक भैरहवामा ५ तारे होटल सञ्चालन हुँदैछ ।  जुम्लामा जग्गा किनेको र केही वर्षमा व्यवसाय शुरू गर्ने योजना उनले सुनाए । रारा जाने योजना जग्गाका कारण अन्योलमा परेको उनको भनाइ छ । यसैगरी, कुरिनटारमा क्षमता विस्तार र इलामको कन्याममा काम भइरहेको छ । जुम्लामा खस आर्य उद्गमस्थलको पहिचान झल्किने गरी होटलको डिजाइन बनाउँदै गरेको उनले बताए । सिद्धार्थले अहिलेसम्म कसैलाई फ्रेन्चाइज दिएको छैन । यसलाई अन्तरराष्ट्रिय चेन ब्राण्ड बनाउने सपना उनको छ । सोही अनुसार काम भइरहेको अध्यक्ष न्यौपानेले सुनाए । सिद्धार्थ ग्रुपले १५ सयभन्दा बढीलाई रोजगारी दिएको छ, जसमा स्थायी कर्मचारी हजार हाराहारी छन् । निर्माणाधीन परियोजनाले पाँच सय हाराहारीलाई रोजागारी दिएको छ । सिद्धार्थ ग्रुपको लगानी कैलाली, नेपालगञ्ज, काठमाडौं (सुन्धारा, तीनकुने, पुरानो बानेश्वर, कोटेश्वर), ललितपुर, रूपन्देही, सुर्खेत, चितवन, झापासम्म विस्तार भएको छ ।

उच्च शिक्षा सुधार्न विश्व बैंकले दियो ७ अर्ब सहुलियत ऋण

काठमाडौं । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू गरेको हो ।       २ वर्ष ६ महीना अवधिको परियोजनाका लागि बोर्डले १० लाख डलर र यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिने बताइएको छ । विशेषगरी पर्यटन क्षेत्रका करीब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सृजना गरी राहत पु¥याइने परियोजनाको लक्ष्य रहेको बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले जानकारी दिए । उनका अनुसार बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप २ हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएको छ ।     परियोजना र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच बुधवार सम्झौता भएको छ । सम्झौताअनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढी पर्यटन मजदूरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्नेछ ।   सम्झौता हस्ताक्षरपछि बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिड महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदूरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले उनीहरूका लागि छोटो अवधिको भए पनि रोजगारीको अवसर सृजना गर्नेे बताए ।    यस्तै नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस पयिरयोजनाले पर्यटन मजदूरका लागि राहत प्रदान गर्ने बताए । क्रमशः अन्य संस्थासँग पनि सम्झौता गरेर परियोजनाको कामलाई प्रभावकारी बनाइने परियोजना संयोजक लामिछानेले बताए । परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (¥याफ्टिङ) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिने, पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित १ हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, संकेत चिह्नको स्थापना तथा मर्मत सम्भारलगायत कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी प्रदान गरिने संयोजक लामिछानेले जानकारी दिए । यसअघि परियोजना अन्तर्गत बोर्ड र नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)बीच ¥याफ्टिङ क्षेत्रका २०० मजदूरलाई प्रतिव्यक्ति कम्तीमा १२ दिनको रोजगारी दिने सम्झौता भएको थियो । सम्झौताअनुरूप नाराले आफ्नो मातहतका २०० जना मजदूरलाई त्रिशूली, भोटेकोशी, कर्णाली, सेती र कालीगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मतसम्भार, सरसफाइलगायत काममा लगाउने नाराका अध्यक्ष गंगाप्रसाद नेपालले जानकारी दिए । यसैगरी काठमाडौंको कीर्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुंगाका एक–एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरीे पर्यटन परियोजना शुरू गरिएको जानकारी दिइएको छ । आउँदा दिनमा क्रमशः अन्य स्थानीय तह तथा संघसंस्थासँग सम्झौता गर्दै काम अगाडि बढाइने परियोजनाले बताएको छ ।

निर्वाचनका लागि अर्थले दियो ७ अर्ब : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । - निर्वाचन

आगामी निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

काठमाडौं, असार १८ । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने जनाइएको छ । २०७८ […]

निर्वाचनका लागि अर्थमन्त्रालयले झण्डै ८ अर्ब खर्च गर्न सहमति दियो

काठमाडौं : अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ।  प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने अर्थ मन्त्रालयले …

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता

२७ माघ, काठमाडौं । अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग …