निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोडको सहमति, सामाग्रीहरु खरिद तथा व्यवस्थापनमा खर्च गरिने

अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ।२०७८ साल कार्तिक २६ गते शुक्रवार प...

सम्बन्धित सामग्री

ऋणको साँवाब्याज भुक्तानीमा डेढ खर्बमाथि खर्च

काठमाडौं । सार्वजनिक ऋणको अंश बढ्दै जाँदा दायित्व व्यवस्थापनमा सरकारले ठूलो रकम खर्च गर्नु परेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ७ महीनामै सरकारले दायित्व व्यवस्थापन अर्थात् कुल ऋणको साँवाब्याज भुक्तानीमा १ खर्ब ५५ अर्ब २४ करोड रुपैयाँ खर्चेको छ । त्यसमध्ये १ खर्ब ३० अर्ब ११ करोड ६७ लाख रुपैयाँ आन्तरिक ऋणको साँवाब्याज हो । ९० अर्ब ९७ करोड १६ लाख आन्तरिक ऋणको साँवा र ३९ अर्ब १४ करोड ५१ लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ । बाह्य ऋणतर्फ २५ अर्ब १३ करोड ५ लाख भुक्तानी भएको छ । यसमध्ये २० अर्ब १२ करोड साँवा र ५ अर्ब रुपैयाँ ब्याज भुक्तानीमा खर्च गरेको अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । त्यसकारण सार्वजनिक ऋण धेरै बढ्यो कि भनेर चिन्ता भने गरिहाल्नुपर्ने स्थिति नदेखिएको सरकारको तर्क छ । बाह्य ऋणको चाप जीडीपीको २२ प्रतिशत हाराहारी छ । चालू वर्षमा सरकारले ठूलो परिमाणमा आन्तरिक ऋणको साँवाब्याज तिर्न खर्च गरिरहेको छ । सरकारले चालू आवभरिमा २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको थियो । यसलाई अर्धवार्षिक समीक्षामार्फत १ खर्ब ८० अर्ब ६७ लाख रुपैयाँ मात्र प्राप्त हुने गरी अनुमान संशोधन गरेको छ । ७ महीनामा ५२ अर्ब १२ करोडमात्र बाह्य ऋण प्राप्त गरेको सरकार संशोधित लक्ष्य पनि भेट्ने आधार देखिँदैन । अर्थमन्त्री डा. प्रकाशशरण महतले भने ऋणको लक्ष्य प्राप्त हुने दाबी बजेटको अर्धवार्षिक समीक्षामार्फत गरेका छन् ।

१० वर्षअघिको आर्थिक अभियानबाट : झूटको सप्रँदो फसल

नेपालमा जुटको फसलले राम्रो व्यवसाय गर्न नसके पनि झूटको खेतीले भने राम्रै व्यापार गरिरहेको छ । कुन क्षेत्रबाट कुरा शुरू गरौं ? हाम्रो आफ्नै मिडिया क्षेत्रलाई पहिले हेरौं न । काठमाडौंबाहिरका जिल्लाबाट पत्रिका छाप्ने त कुरै छाडौं, जहाँ दुई कपीसमेत पत्रिका छापिराखेको छैन, त्यही ठाउँबाटै पत्रिका छापिरहेको झुट त्यो पनि पत्रिकाको टाउकोमै (माष्ट हेडसँगै) राखेर केही राष्ट्रिय भनिएका दैनिकहरूले रमाइलो खेती गरिरहेका छन् । उनीहरूको झूटको खेती राम्रै फस्टाएकै छ । महिलाको उमेर, पुरूषको तलब नसोध्नु भने झैं पत्रिकाको छपाइसंख्या सोध्ने त कुरै भएन । त्यसैले जसले जति पत्रिका छापेर बजारमा जति विक्री गरिरहेको दाबी गर्ने गरेको भए पनि मानिसले तिनलाई सत्यको खेती मानिरहेकै छन् । अरू उद्योग व्यापारलाई नै हेरौं । जनताबाट करोडौं मूल्य अभिवृद्धि कर उठाएर सरकारी ढुकुटी भर्नुको साटो आआफ्नो भुँडी भरेका कारण थुप्रै व्यावसायिक प्रतिष्ठानलाई अर्थ मन्त्रालय (अम)ले कारबाही गरिरहेको छ । यो भिन्दै कुरा हो कि अमले पनि जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्यमा खर्चिनुपर्ने राजस्व आफ्नै भुँडी बढाउन खर्च गर्ने अन्य थुप्रै व्यवसायीलाई कारबाही गरेन । तिनका नाम पनि सार्वजनिक गरेन । यो झूटको खेतीबाट सरोकारवाला हाकिमहरूको भुँडी ठूलो पार्ने एक उपाय हो । थुप्रै नेपाली कम्पनीहरूले व्यवस्थापनमा पाएको आईएसओको प्रमाणपत्र देखाएर आफनो उत्पादनले नेपाल गुणस्तरमा आईएसओ पाएको भन्नेसम्मको झूटको खेती गरेर मालामाल बन्दै गएका छन् ।  (तीतोमीठोबाट)  वर्ष ६, अंक २३०, शुक्रवार, २२ वैशाख, २०६९

‘वित्तीय जोखिम व्यवस्थापनमा हेजिङ रणनीतिको खाँचो’

काठमाडौं। नेपालमा वित्तीय जोखिम व्यवस्थापन र दिगो वित्तका लागि हेजिङ रणनीतिको आवश्यकता रहेकोमा सरोकारवालाले जोड दिएका छन् । गत साता अर्थ मन्त्रालयसँगको सहकार्यमा विश्व बैंकले गरेको ‘जोखिम व्यवस्थापन तथा दिगो वित्त’ विषयक दुईदिने प्रशिक्षण कार्यक्रममा हेजिङ रणनीतिको आवश्यकता र औचित्यबारे चर्चा गरिएको हो । कार्यक्रममा वित्तीय जोखिम व्यवस्थापनका लागि राष्ट्रिय हेजिङ कार्यक्रम सञ्चालनका फाइदा र महत्त्वपूर्ण कदमबारे छलफल गरिएको छ । साथै ब्याजदर, तरलता व्यवस्थापन र वस्तुको मूल्य जोखिम लगायत विभिन्न बजार जोखिम सम्बोधनका लागि वित्तीय उपकरणको समुचित प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे सहभागीहरूलाई अभिमुखीकरण गरिएको छ ।  कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिव रामप्रमोद यादवले वित्तीय जोखिम व्यवस्थापन गर्न हेजिङ संयन्त्र अपनाएर हुने सम्भावित फाइदाको मूल्यांकन गर्न अर्थ मन्त्रालय विश्व बैंकसँग सहकार्य गर्न तयार रहेको बताए । ‘अनिश्चित बजार अवस्थाबाट हुने जोखिम कम गर्न परियोजनाहरूमा हेजिङ लगायत अन्तराष्ट्रिय प्रचलनमा रहेका वित्तीय अभ्यास अपनाउन आवश्यक छ,’ उनले भने ।  अर्थ मन्त्रालयका उपसचिव रामप्रमोद यादवले वित्तीय जोखिम व्यवस्थापन गर्न हेजिङ संयन्त्र अपनाएर हुने सम्भावित फाइदाको मूल्यांकन गर्न अर्थ मन्त्रालय विश्व बैंकसँग सहकार्य गर्न तयार रहेको बताए । हेजिङ जस्ता वित्तीय संयन्त्र परिचालनमा विश्व बैंकले प्रदान गर्न सक्ने प्राविधिक सहयोगका साथै बैंकका विभिन्न कर्जा उपकरणबारे सहभागीहरूले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा विश्व बैंकका वरिष्ठ वित्तीय अधिकृत फाबियो अपरेसिडो डा सिल्भाले विश्व बैंक नेपाल सरकारसँग देशको जोखिम व्यवस्थापन रणनीतिलाई सुदृढ गर्न र वित्तीय जोखिम व्यवस्थापन गर्न हेजिङ कार्यक्रम सञ्चालनमा सघाउन प्रतिबद्ध रहेको बताए । हेजिङ रणनीतिले जोखिम व्यवस्थापनका लागि प्रभावकारी औजारको रूपमा काम गर्छ भन्ने सुनिश्चितताका लागि नियामकीय ढाँचा एवं क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले व्यावसायिक परियोजनामा बजार अस्थिरता निवारणका लागि हेजिङ संयन्त्र महत्त्वपूर्ण हुने बताए । ‘यसले राष्ट्रमा अनावश्यक वित्तीय दबाब रोक्न मद्दत गर्दछ,’ उनले भने । कार्यक्रममा अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ, नेपाल बीमा प्राधिकरण, नेपाल उद्योग परिसंघलगायत वित्तीय क्षेत्रका उच्चपदस्थ प्रतिनिधिको सहभागिता थियो ।

अर्थतन्त्रका समस्या समाधान गर्न उद्योग संगठनको माग

काठमाडौं । उद्योग संगठन मोरङले उद्योग व्यवसायमा गरिएको ठूलो लगानी जोखिममा पर्दा समेत सरकारको ध्यान नपुगेको गुनासो गरेको छ । यस्तो अवस्थामा सरकार अर्थतन्त्रको व्यवस्थापनमा भन्दा राजनीतिक विषयमा मात्र केन्द्रित हुनु दु:खद भएको संगठनको ठहर छ । आइतवार विज्ञप्तिमार्फत संगठनले उपयुक्त विधि, नीति तथा प्रक्रियाबाट अर्थतन्त्रलाई सही दिशामा ल्याइनुपर्नेमा जोड दिएको छ । अर्थ मन्त्रालय र उद्योग मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा राखिनुले अर्थतन्त्रको समस्याप्रति सरकार संवेदनशील नरहेको स्पष्ट हुने संगठनले बताएको छ । बजारमा व्याप्त आर्थिक शिथिलताका कारण बजार मागमा कमी आएको, बक्यौता उठ्न कठिनाइ भएको र उद्योगी व्यवसायीलाई वित्तीय व्यवस्थापनमा कठिनाइ भई व्यवसाय बन्द गर्नुपर्नेसम्मको अवस्था आएको संगठनको भनाइ छ । ‘राजनीतिक र आर्थिक व्यवस्थापनको समानान्तर विकासले मात्र समृद्ध राष्ट्र निर्माण हुने यथार्थलाई आत्मसात् गरी अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा देखिएको विद्यमान स्थितिलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बोन्ड जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी गर्न आईक्यानको सुझाव

काठमाडौं । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आईक्यान)ले कोरोना बीमाको दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बीमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैले वा बीमा कम्पनीलाई स्वीकृति दिएर १ अर्ब रुपैयाँ बराबरको १० वर्षे कोरोना बोन्ड जारी गर्नु उपयुक्त हुने सुझाएको हो । उक्त बोन्ड वाणिज्य बैंकहरूले किन्ने र त्यो लगानीलाई बैंकहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर)मा समावेश गर्न सक्ने नीति ल्याए प्रत्येक कम्पनीको औसत ४० करोडको बीमा भुक्तानी दायित्व तत्काल पूरा हुने संघको भनाइ छ । बाँकी ६० करोड १० वर्षे मुद्दती खातामा राखेर ५ प्रतिशतसम्मको स्प्रेडमा बीमा कम्पनीले दश वर्षमा तिर्नुपर्ने गरी व्यवस्था गर्न सकिने संघले बताएको छ । संघले कोरोना बीमाको भुक्तानी गर्ने उपायसहितको सुझाव अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राजस्व परामर्श समितिमा पेश गरेको हो । हाल कोरोना बीमाको ११ अर्बभन्दा बढी दाबी भुक्तानी हुन सकेको छैन । संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले नेतृत्वको प्रतिनिधिमण्डलले सम्बन्धित निकायमा गएर सुझाव बुझाएको हो । संघले विभिन्न सरकारी निकाय, संघसंस्था, लेखापरीक्षण पेशामा संलग्न सदस्य चार्टर्ड एकाउन्टेन्टहरूको राय, सल्लाहका आधारमा अन्तिम नीतिगत सुझाव तयार पारिएको बताएको छ । संघले राजस्व प्रशासनमा सुधार गरी राजस्व वृद्धि गर्ने क्षेत्र, राजस्व व्यवस्थापनमा गर्नुपर्ने नीतिगत सुधार, कोरोना बीमा भुक्तानीको उपाय, राजस्व कानुनमा गर्नुपर्ने सुधार, तहगत सरकारको कर उठाउने प्रक्रिया सरलीकरण र एकद्वार प्रणाली विकासलगायत विषय सुझावमा समेटेको छ ।

रूपान्तरणकारी योजना अघि सार्दै गृह मन्त्रालय

ह मन्त्रालयले रुपान्तरणकारी कार्यक्रम तथा योजना अघि सारेको छ। बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा योजनाबारे जानकारी गराइएको हो। यसका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको सहयोग आवश्यक रहेको औँल्याइएको छ। अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट गृह प्रशासनले अघि सारेका योजना सम्पन्न गर्न स्रोत व्यवस्थापनमा निरन्तर सहयोग रहिरहने आश्वासन प्राप्त भएको गृह मन्त्रालयले जनाएको छ।

द्रुतमार्ग निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनालाई बजेटको खाँचो हुन नदिने बताएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको बुधवारको बैठकमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका तर्फबाट पूर्वअनुमानित भौतिक प्रगति समयमै गर्न सुझाव दिँदै राष्ट्रिय गौरवका कुनै पनि आयोजनालाई पूँजीगत खर्चको समस्या नहुने प्रतिबद्धता व्यक्त गरिएको हो । बैठकमा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले वास्तविक कार्ययोजना बनाएर भौतिक प्रगतिमा ध्यान दिन सुझाव दिँदै राष्ट्रिय गौरवका आयोजनालाई वास्तविक योजना र कार्यप्रगतिका आधारमा बजेटको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले मुलुकको मुहार रूपान्तरणका लागि अघि बढाइएको द्रुतमार्गलाई विश्वासिलो पूर्वानुमानका साथ अघि बढाउन आग्रह गर्दै बजेट सुनिश्चित रहेको बताए । बैठकमा सभापति रामनारायण बिडारीले द्रुतमार्ग रक्षा मन्त्रालय, नेपाली सेना र ठेकेदारको मात्र नभई राष्ट्रकै गौरवको आयोजना भएकाले सहयोग र समन्वयका लागि प्रधानमन्त्री कार्यालयमा बेग्लै डेस्क राख्न तथा आर्थिक स्रोत सुनिश्चितताको आवश्यकता औंल्याए । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आयोजनालाई ११ ओटा प्याकेज बनाएर काम गर्ने योजना बनाइएको, हालसम्म पाँच खण्डका लागि बोलपत्र आह्वान भइसकेको, आयोजनामा गुणस्तर खस्कन नदिन हरप्रयास भइरहेको जानकारी दिए । २०८१ असार मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ नेपाली सेनाको व्यवस्थापनमा अघि बढाइएको द्रुतमार्ग आयोजनाको लागत एक खर्ब ७५ अर्ब रहेको छ । साना र ठूला गरी करीब ८७ पुल र तीनओटा सुरुङसहितको उक्त आयोजना ललितपुरको खोकनाबाट शुरू भई बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछ । हालसम्म उक्त आयोजनाका लागि २५ अर्ब रकम खर्च भइसकेको छ भने यस वर्ष आठ अर्ब ९२ करोड बजेट विनियोजन भएको छ । बैठकमा आयोजना प्रमुख विकास पोखरेलले ११ प्याकेजमध्ये आगामी फागुन १५ भित्र आठ तथा वैशाख अन्तिमसम्ममा खोकनाबाहेक १० ओटै खण्डको ठेक्कासम्बन्धी काम पूरा हुने जानकारी दिए । आयोजनाको आगामी असोजदेखि सम्पूर्ण काम एकैसाथ शुरू हुने बताइएको छ । रासस

फास्ट ट्रयाकलाई बजेटको कमि हुन नदिने अर्थ मन्त्रालयको प्रतिवद्दता

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगद्वारा देशको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनालाई बजेटको खाँचो हुन नदिने प्रतिबद्धता व्यक्त भएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आजको बैठकमा मन्त्रालय र आयोगका तर्फबाट पूर्वअनुमानित भौतिक प्रगति समयमै गर्न सुझाव दिँदै राष्ट्रिय गौरवका कुनै पनि आयोजनालाई पूँजीगत खर्चको समस्या नहुने विश्वास दिलाइयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकको मुहार रूपान्तरणका लागि अघि बढाइएको दु्रतमार्गलाई विश्वासिलो पूर्वानुमानका साथ अघि बढाउन आग्रह गर्दै बजेट सुनिश्चित रहेको बताए । बैठकमा सभापति रामनारायण बिडारीले द्रुतमार्ग रक्षा मन्त्रालय, नेपाली सेना र ठेकेदारको मात्र नभई राष्ट्रकै गौरवको आयोजना भएकाले सहयोग र समन्वयका लागि प्रधानमन्त्री कार्यालयमा बेग्लै डेस्क राख्न तथा आर्थिक स्रोतको सुनिश्चिता गर्न आवश्यक रहेको बताए । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आयोजनालाई ११ वटा प्याकेज बनाएर काम गर्ने योजना बनाइएको, हालसम्म पाँच खण्डका लागि बोलपत्र आह्वान भइसकेको, आयोजनामा गुणस्तर खस्कन नदिन हरप्रयास भइरहेको जानकारी दिए । आगामी २०८१ सालको असार मसान्तसम्म पूरा गर्ने लक्ष्यका साथ नेपाली सेनाको व्यवस्थापनमा अघि बढाइएको द्रुतमार्ग आयोजनाको लागत रु एक खर्ब ७५ अर्ब रहेको छ । साना र ठूला गरी करिब ८७ पुल, तीन वटा सुरुङसहितको उक्त आयोजना ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछ । हालसम्म उक्त आयोजनाका लागि रु २५ अर्ब रकम खर्च भइसकेको छ भने यस वर्ष रु आठ अर्ब ९२ करोड बजेट विनियोजन भएको छ ।बैठकमा आयोजना प्रमुख विकास पोखरेलले ११ प्याकेजमध्ये आगामी फागुन १५ भित्र आठ तथा वैशाख अन्तिमसम्म खोकनाबाहेक १० वटै खण्डको ठेक्कासम्बन्धी काम पूरा हुने जानकारी दिए । आयोजनाको आगामी असोजबाट सम्पूर्ण काम एकैसाथ सुरु हुने बताइएको छ ।अर्थमन्त्रालयका सहसचिव बाबुराम सुवेदीले वास्तविक कार्ययोजना बनाएर भौतिक प्रगतिमा ध्यान दिन सुझाव दिँदै राष्ट्रिय गौरवका आयोजनालाई वास्तविक योजना र कार्यप्रगतिका आधारमा बजेटको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । उक्त आयोजनाका लागि सेनाले आगामी आर्थिक वर्षमा रु ५५ अर्ब ८० करोड, त्यसपछिको आर्थिक वर्षमा रु ४५ अर्ब ६६ करोड र आव २०८१÷८२ का लागि रु ३४ अर्ब आवश्यक पर्ने जानकारी गरायो । सेनाले राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजना भएकाले निर्धारित समयमा कार्य जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दल, सरकार, संसद् र संसदीय समितिको समन्वय, सहयोग, सद्भाव, पहल र प्रयत्नका लागि अनुरोध गरेको छ । बैठकमा सदस्य डा खीमलाल देवकोटा, शान्तिकुमारी अधिकारीलगायतले मुलुकको प्रतिष्ठा र सेनाको साखसँग जोडिएको द्रुतमार्गको कामलाई दौडाउन सेनालाई सुझाव दिएका छन्।