कैलाली - धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराउनु भएको हो ।
उम्मेदवार हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा निवर्तमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो ।
एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत ल्याउनुभयो । २०७४ सालको पालिका चुनावमा हमाल कांग्रेसका वडसँग पराजित हुनुभएको थियो ।
यस्तै, उपमेयरमा भने एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रकी शा...