धनगढीमा गोपाल हमाल : विद्रोही र स्वतन्त्र मतदाताको भर

२७ वैशाख, धनगढी । सुदूरपश्चिम नेपालका चर्चित व्यवसायी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा दोस्रो पटक स्वतन्त्र उम्मेदवार बनेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका नृपबहादुर वडसँग झिनो मतान्तरले पराजित भएका थिए । बीचमा केही समय हिन्दु राष्ट्र पक्षधर रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले त्यो जिम्मेवारी छाडेर […]

सम्बन्धित सामग्री

धनगढीका मेयर हमाल र प्रशासकीय अधिकृत श्रेष्ठविरुद्धको रिट खारेज

नगर विकास समितिको नाममा रहेको जग्गाको विषयमा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठविरुद्ध उच्च अदालत दीपायलमा परेको रिट खारेज भएको छ। मुख्य न्यायाधीश शान्तिसिंह थापा र...

सडकको मापदण्डलाई लिएर स्वतन्त्र मेयर र दलीय जनप्रतिनिधिबीच विवाद

धनगढी उपमहानगरपालिकामा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्डलाई लिएर स्वतन्त्ररुपमा निर्वाचित मेयर गोपाल हमाल र दलहरुबाट निर्वाचित कार्यपालिका सदस्यहरुबीच विवाद उत्पन्न भएको छ। उपमहानगरले नगरभित्र जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने...

‘जग्गा प्लटिङ कार्यविधि’ विवाद: दलालको प्रलोभनमा फसेकै हुन कार्यपालिका सदस्य ?

कार्यविधिलाई लिएर मेयर गोपाल हमाल र कार्यपालिका सदस्य बिच विवाद उत्पन्न भएको छ। मौसम चिसिँदै गए पनि यो मुद्दाको सर्वत्र चर्चाले धनगढी तातिएको छ।...

धनगढी उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

कैलाली - धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराउनु भएको हो । उम्मेदवार हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा निवर्तमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो ।   एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत ल्याउनुभयो । २०७४ सालको पालिका चुनावमा हमाल कांग्रेसका वडसँग पराजित हुनुभएको थियो । यस्तै, उपमेयरमा भने एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रकी शा...

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

काठमाडौं, ८ जेठ । धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उनले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वडलाई १२ हजार मतान्तरले पराजित गरेका हुन् । हमालले २६ हजार ८६५ मत ल्याउँदा वडले १४ हजार ८१७ मत ल्याए । एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए । अघिल्लोपटक वडसँग हमाल पराजित भएका […]

धनगढीका जनताका ढुकढुकी ‘गोपाल हमाल’, बन्दैछन् मेयर

धनगढीमा हुने क्षेत्रिय कार्यक्रम पनि नेपालगंज हुने गर्थे। धनगढीमा कालोपत्रे भएको बिमानस्थल थिएन । हमाल लगायतका व्यक्तिले बिमानस्थलमा कालोपत्रे गर्न एक रुपैया अभियान चलाए। रिक्सा चालक समेतले एक रुपैया दिए। यो अभियानले धनगढी बिमानस्थल कालोपत्रे गर्न सरकारला...

धनगढीमा गोपाल हमाल जीतको नजिक

काठमाडौं, ४ जेठ । धनगढी उपमहानगरपालिकामा गोपाल हमाल जीतको नजिक पुगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वीलाई दोब्बर मतले पछि पार्दै १० हजार मत कटाइसकेका छन् । हमालले १० हजार ८२५ मत पाउँदा गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ५१६६ मत पाएका छन् । एमालेका रणबहादुर चन्दले २४६२ मत पाएका छन् । २०७४ को स्थानीय चुनावमा हमाल स्वतन्त्र […]

धनगढी उप–महानगरको प्रारम्भिक मतगणना : स्वतन्त्र उम्मेदवार गोपाल हमाल अगाडि

धनगढी, ३१ वैशाख : धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रारम्भिक अग्रता लिएका छन् । एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् । अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ ।

धनगढी बनाउने मेरो एक मात्र लक्ष्य हो : गोपाल हमाल, स्वतन्त्र उम्मेदवार

अघिल्लो चुनावमा पराजय भएर पनि पुनः उठ्दा तपाईंलाई धनगढीवासीले किन भोट दिने ? मेरो उम्मेदवारी दोस्रो मात्रै होइन, अन्तिमपटक हो । धनगढीको कण–कणमा भिजेको छु । भ्रष्टाचार व्याप्त छ । सिधा कुरा हो, भ्रष्टाचारको अन्त्य गर्न, सुशासन कायम गर्न र प्रणालीको विकास गर्नलाई मेरो उम्मेदवारी हो । सबैका विकासे एजेन्डा समान देखिन्छन् । तपाईं आफूलाई […] The post धनगढी बनाउने मेरो एक मात्र लक्ष्य हो : गोपाल हमाल, स्वतन्त्र उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.