किन सञ्चालनमा आउन सकेन नेप्से ३० इन्डेक्स ?

गतवर्ष साउन ९ गते नेप्सेले नेप्से ३० इन्डेक्सको आन्तरिक परीक्षण गरेको थियो । परीक्षण गरिसकेपछि भने यो विषय सञ्चालक समितिको प्राथमिकता नै परेको छैन । नेप्से ३० लागू गर्ने प्रस्ताव सञ्चालक समितिमा छलफलको लागि पेश भएको नै छैन ।

सम्बन्धित सामग्री

किन सञ्चालनमा आउन सकेन नेप्से ३० इन्डेक्स ?

गतवर्ष साउन ९ गते नेप्सेले नेप्से ३० इन्डेक्सको आन्तरिक परीक्षण गरेको थियो । परीक्षण गरिसकेपछि भने यो विषय सञ्चालक समितिको प्राथमिकता नै परेको छैन । नेप्से ३० लागू गर्ने प्रस्ताव सञ्चालक समितिमा छलफलको लागि पेश भएको नै छैन ।

नेप्से ३० इन्डेक्स सञ्चालनमा ढिलाइ

काठमाडौं। धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबारका लागि नयाँ सूचकांक ‘नेप्से ३० इन्डेक्स’ असोजमै सञ्चालनमा ल्याउने तयारी गरे पनि अझैसम्म कागजमै सीमित छ । दशैंअगाडि नै सञ्चालनमा आउने भनिएको नेप्से ३० इन्डेक्समा ढिलाइ हुँदा लगानीकर्ताले प्रश्न उठाउन थालेका छन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सञ्चालक समिति बैठक बस्न नसक्दा नेप्से ३० इन्डेक्स सञ्चालनमा ढिलाइ भएको बताए । यो इन्डेक्स सञ्चालनको लागि आवश्यक प्राविधिक तथा नीतिगत सबै काम पूरा भइसकेको छ । अब सञ्चालक समिति बैठकले नेप्से ३० कार्यान्वयनमा लैजाने मिति तोकेपछि काम हुने उनी बताउँछन् ।  अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल यस्तो सानो सब–इन्डेक्स सञ्चालन गर्न सञ्चालक समितिको बैठक नै बस्नु नपर्ने बताउँछन् । भन्छन्, ‘यस्ता प्रोडक्ट सही किसिमले सही तरीकाबाट छिटो आउनुुपर्छ । सबै प्रक्रिया पूरा भइसकेपछि कार्यान्वयनमा लैजान ढिलो गर्नु हुँदैन ।’ यसमा दोस्रो बजारमा सूचीकृत भई कारोबारमा रहेकामध्येबाट ५ ओटा मापदण्डका आधारमा छानिएका प्रमुख ३० कम्पनी राखेर इन्डेक्स बास्केट तयार पारिनेछ ।  के हो नेप्से ३० इन्डेक्स ?  नेप्से–३० अहिलेको जस्तै एउटा इन्डेक्स हो । यसले अन्य इन्डेक्सले जस्तै बजारको उतारचढाव देखाउँछ । स्टक एक्सचेन्जले नेप्से ३० इन्डेक्समा पर्ने कम्पनी छानेर आन्तरिक परीक्षण पनि गरिसकेकोे छ ।  निश्चित मापदण्डसहितका कम्तीमा ३० कम्पनीको मात्रै कारोबार प्रतिबिम्बित हुने गरी यस्तो सूचक तयार गरिएको हो । नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुने नेप्सेको भनाइ छ ।  नेप्से ३० इन्डेक्समा कारोबार गर्न बैंकिङ समूहका ८, जलविद्युत् समूहका ५ कम्पनी छन् । त्यस्तै बीमा समूहका ५, उत्पादन तथा प्रशोधन समूहका २, लघुवित्त समूहका ७ र अन्य समूहका ३ कम्पनी छानेर परीक्षण शुरू गरिएको नेप्सेले जनाएको छ ।  नेप्से ३० इन्डेक्सका लागि दोस्रो बजारमा सूचीकृत भई कारोबारमा रहेकामध्येबाट ५ ओटा मापदण्डका आधारमा छानिएका प्रमुख ३० कम्पनी राखेर नेप्सेले इन्डेक्स बास्केट तयार पार्नेछ ।  प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा ३ वर्ष खुद नाफामा रहेको हुनुपर्नेछ । त्यस्तै अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षको मूल्य वृद्धिदरभन्दा बढी भएको कम्पनीहरूलाई यो इन्डेक्स गणनामा समावेश गरिनेछ ।  कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्री फ्लोट बजार पूँजीकरणमा सम्बद्ध कम्पनीको फ्री फ्लोट बजार पूँजीकरण १ प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ ।  शेयरधनीको संख्या कम्तीमा २० हजार रहेको र पछिल्लो ६ महीनामा दैनिक औसत २५ लाख रुपैयाँ वा त्योभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार वा त्योभन्दा बढी कित्ताको कारोबार भएको हुनुपर्नेछ । दैनिक औसत ४० वा त्योभन्दा बढीपटक कारोबार भएको र पछिल्लो ६ महीनामा उपलब्ध कारोबार दिनमध्ये न्यूनतम ७५ प्रतिशत दिनमा कारोबार भएको हुनुपर्नेछ ।

आन्तरिक परीक्षणमा ‘नेप्से ३०’ परिसूचक

सञ्चालक समितिबाट कार्यविधि पारित हुन बाँकी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सेयर कारोबारको नयाँ सूचकांक ‘नेप्से ३०’ सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि आवश्यक प्राविधिक तथा नीतिगत तयारी पूरा...

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : धितोपत्र बजारको अग्रगमन

नेपाली पूँजीबजारको विकास र विस्तार क्रमिक रूपमा अघि बढेको छ । पूँजीबजारमा विस्तारै प्रविधि भित्रिएका छन् । अहिले धितोपत्रसम्बन्धी धेरैजसो काम अनलाइन प्रणालीबाट गर्न सकिन्छ । कुनै बेला धितोपत्रको प्राथमिक र दोस्रो बजारमा शेयर खरीदविक्री गर्न लामो लाम हुन्थ्यो । पछिल्लो समय आधुनिक प्रविधिको विकासले यो समस्या समाधान भइसकेको छ । धितोपत्रको दोस्रो बजारमा पूर्ण अनलाइन प्रणाली २०७५ कात्तिकदेखि शुरू भएको हो । प्राथमिक बजार भने २०७४ सालमा आस्बा प्रणाली शुरू भएसँगै पूर्ण अनलाइन प्रणालीमा गइसकेको थियो । दोस्रो बजारमा अनलाइन प्रणाली शुरू भएसँगै लगानीकर्ता कारोबारका लागि हरेक दिन ब्रोकर कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।  यसका साथै शेयर खरीद र विक्रीको काम अहिले मोबाइल र ल्यापटपमा क्लिक गरेकै भरमा सम्भव भएको छ । शुरुआती समयमा स्टक एक्सचेन्जमा भेला भएर भीडमा तँछाडमछाड गर्दै बोलकबोल प्रणालीबाट कारोबार सञ्चालन हुन्थ्यो । कागजी धितोपत्र प्रमाणपत्र तथा कागजातका आधारमा राफसाफ हुँदै आएकोमा अहिले कम्प्युटरबाट कारोबार र विद्युतीय रूपमा राफसाफ हुन्छ ।  पूँजीबजारको विकास र विस्तारसँगै लगानीकर्ताको संख्या पनि बढ्दो छ । अनलाइन प्रणाली शुरू भएको करीब ५ वर्ष पुग्यो । नेप्सेका अनुसार हालसम्ममा १७ लाख लगानीकर्ताले टीएमएस युजर आईडी लिएका छन् । दैनिकजसो ५० हजार जतिले शेयर कारोबार गर्ने गर्छन् । यो संख्या बजार बढ्दा बढ्ने र बजार घट्दा घट्ने गर्छ ।  पाँच आर्थिक वर्ष (आव) को नेप्सेको प्रवृत्ति हेर्दा १ हजार २१२ दशमलव ३६ बिन्दुबाट बढेर ३ हजार २०० बिन्दु पार गरेको देखिन्छ । धितोपत्र बजारको सूचक नेप्सेले ऐतिहासिक बिन्दु कायम गर्नुमा प्रमुख कारण प्रविधि हो । विश्वव्यापी महामारी कोभिड–१९ का कारण देशभरका सबै व्यावसायिक क्षेत्र बन्द रहँदा पूर्ण प्रविधिमा आधारित धितोपत्र दोस्रो बजार भने सञ्चालनमै रह्यो । शुरूका दिनमा केही समय दोस्रो बजार बन्द भए पनि त्यसपछि कोभिड महामारीबीच घरभित्र सीमित जनजीवनबाट पनि धितोपत्रको दोस्रो बजार सञ्चालनमै रह्यो । कोभिड अवधिमा देशका अन्य व्यावसायिक क्षेत्र/गतिविधि बन्द रहँदा सरकारको आम्दानीको मुख्य स्रोत धितोपत्रको दोस्रो बजार बनेको देखिन्छ ।  बजारसँगै धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीको संख्या पनि बढ्दो छ । आव २०७४/७५ मा सूचीकृत कम्पनीको संख्या १९६ रहेकोमा आव २०७९/८० मा आइपुग्दा बढेर २५४ पुगेको छ । यो संख्या अझै बढ्ने देखिन्छ । पाँच आवको तथ्यांकलाई आधार मान्दा कारोबार रकम पनि बढ्दो क्रममा रहेको देखिन्छ । आव २०७४/७५ मा रू. १ खर्ब २१ अर्ब बराबरको कारोबार भएकोमा गत आव २०७९/८० मा बढेर रू. ४ खर्ब ६७ अर्ब पुगेको छ ।  नेप्से ३० इन्डेक्स सञ्चालनको तयारी  धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले ‘नेप्से ३०’ नामक नयाँ परिसूचक तयार परेको छ । उक्त इन्डेक्स आन्तरिक परीक्षण भई सञ्चालनमा आउने तयारीमा छ । यो हाल प्रयोगमा रहेका नेप्से, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स जस्तै अर्को नयाँ इन्डेक्स हो । कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयर समावेश गरिने विधि फ्री फ्लोट हो । यो इन्डेक्सबाट भविष्यमा विभिन्न प्रकारका कारोबार उपकरणसमेत सञ्चालन गर्न सकिने नेप्सेले बताएको छ । यो परिसूचकमा पर्ने ३० कम्पनी नेप्सेले छनोट गरिसकेको छ । यसरी हेर्दा नेप्सेले पूँजीबजारमा नयाँ उपकरण भित्त्याउन शुरू गरेको देखिन्छ ।  नेप्सेको नीति तथा कार्यक्रममा प्रणाली विकास प्राथमिकतामा नेप्सेले यस वर्ष प्रणाली विकासका लागि अन्तरराष्ट्रिय स्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर किन्ने योजना अघि सारेको छ । नट्समा प्रयुक्त सफ्टवेयर नवीकरण गर्ने, हार्डवेयर, वेबसाइट, पावर सिस्टमलगायत अन्य सेवाको सुनिश्चितताका लागि वार्षिक मर्मतसम्भार सम्झौता गर्ने योजनासमेत नेप्सेको यस वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । कार्यालय उपकरण सञ्चालनका लागि आवश्यक लाइसेन्स, सफ्टवेयर, हार्डवेयर किन्ने योजना पनि नेप्सेको छ । नेप्सेले यसै वर्ष नयाँ डेटा सेन्टर निर्माण गर्ने कार्यक्रमसमेत राखेको छ । पूँजीबजारमा एनआरएन भित्त्याउन पहल गर्दै सेबोन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपाली (एनआरएन)ले लगानी गर्न पाउने गरी कानूनहरु संशोधन तथा परिमार्जन गर्ने घोषणा गरेको छ । बोर्डले आव २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो । धितोपत्रको दोस्रो बजार कारोबारमा एनआरएनलाई ल्याउन कानून नै बाधक देखिएको विज्ञहरूले बताउँदै आएका छन् । बोर्ड यस विषयमा समिति नै बनाएर अगाडि बढेको छ । यसरी हेर्दा नेपालको पूँजीबजार क्रमिक रूपमा अगाडि बढेको देखिन्छ । २०८० वैशाखदेखि सेबोनले थप नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ । यसबाट शेयरबजारको पहुँच बढेर जाने अनुमान गरिएको छ । साउन ३१ गतेसम्म ३७ नयाँ ब्रोकरले लाइसेन्स पाएका छन् । लाइसेन्स पाएका केहीले कारोबार पनि शुरू गरिसकेका छन् ।  नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा  नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया पनि शुरू गरिसकेको छ । बोर्डले शुरू गरिसकेको प्रक्रिया सरकारको आदेशमा अहिले स्थगित छ । धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेन्ज आउनु जरुरी छ । तब मात्र लगानीकर्ताले राम्रो सेवासुविधा उपयोग गर्न पाउनेछन् । यसो हुँदा शेयरबजारको विकास र विस्तारसँगै यसलाई सबैको पहुँचमा पुर्‍याउन सकिन्छ । नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  डिम्याट खाता संख्या साढे ५७ लाखमाथि पाँच आवमा डिम्याट खाता खोल्नेको संख्या २७६ प्रतिशतले वृद्धि भएको छ । आव २०७५/७६ मा १५ लाख २९ हजार ५५६ जनाले डिम्याट खाता खोलेकोमा २०७९/८० सम्म आइपुग्दा ५७ लाख ५१ हजारभन्दा बढी पुगेको हो । पछिल्लो १ आवमा डिम्याट खाता खोल्नेको संख्या पौने ५ लाखले बढेको देखिन्छ । पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्दो छ । यस कारण पनि डिम्याट खाताको संख्या बढेको हो ।  विभिन्न कम्पनीको शेयर किनबेच हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात् शेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरीद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे । २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्णरूपमा सञ्चालनमा आएको हो । हाल शेयर अभौतिक रूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको शेयर आफै जम्मा हुन्छ । प्राथमिक शेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा शेयर विक्री गर्दा खाताबाट शेयर संख्या घटेर खरीद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही शेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।

नेप्से–३० इन्डेक्स साउनभित्रै सञ्चालनमा ल्याउने तयारीमा नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साउनभित्रै नेप्से–३० इन्डेक्स सञ्चालन गर्ने तयारी गरेको छ ।  नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार नेप्से–३० सञ्चालनसम्बन्धी कार्यविधि नेप्से सञ्चालक समितिले अनुमोदन गरी त्यसबारे परामर्श लिन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाइसकेकाे छ । त्यसमा कैफियत नदेखिएमा साउन मसान्तभित्रै नेप्से-३० इन्डेक्स सञ्चालनमा आउने उनले बताए ।     नेप्सेको असार २० गते बसेको सञ्चालक समिति बैठकले ’नेप्से ३० इन्डेक्स’ को आन्तरिक परीक्षणको लागि स्वीकृति दिएको थियो । सोहीबमोजिम अहिले आन्तरिक परीक्षण भइरहेको छ । नेप्सेले यो इन्डेक्समा कारोबार गर्न मिल्ने ३० ओटा कम्पनी छनोट गरेर आन्तरिक परीक्षण चलिरहेको बताएको छ । नेप्सेले कार्यविधि अनुसार एउटा सेक्टरबाट बढी ८ ओटा कम्पनी नेप्से–३० इन्डेक्सका लागि छनोट गरेको छ ।

नेप्से ३० इन्डेक्सको आन्तरिक परीक्षण गर्न अनुमति, के हो नेप्से ३० इन्डेक्स ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले 'नेप्से ३० इन्डेक्स'को परीक्षणका लागि स्वीकृति दिएको छ । बुधवार बसेको संचालक समिति बैठकले 'नेप्से ३० इन्डेक्स' को आन्तरिक परीक्षणको लागि स्वीकृति दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।  परीक्षण सकिएपछि नियमित कारोबारका लागि सञ्चालक समितिले अनुमति दिनुपर्नेछ । सञ्चालक समितिले उक्त अनुमति दिएपछि उक्त इन्डेक्स लगानीकर्ताले हेर्न पाउने नेप्सेले जनाएको छ । के हो नेप्से ३० ? नेप्से इन्डेक्स ३० नेपाल स्टक एक्सचेन्जले तयार गर्न लागेको नयाँ परिसूचक हो । निश्चित मापदण्ड सहितका कम्तीमा ३० कम्पनीहरूको कारोबार मात्रै प्रतिबिम्बित हुने गरी यस्तो सूचक तयार गरिन लागिएको हो ।  नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबार योग्य उपकरण प्राप्त हुने बताइएको छ ।  नेप्से ३० सञ्चालनमा आएपछि नेप्सेको सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्ने र भविष्यमा नेप्सेलाई नै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको शेयर कारोबार उपकरण सञ्चालनका लागि समेत बाटो खुलाउने छ ।  नेप्से ३० सञ्चालन कार्यविधिले तय गरेको प्रणालीमा पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड (इपीएफ) सञ्चालन गर्नका लागि मद्दत गर्ने छ ।  प्रस्तावित इन्डेक्समा समावेशका लागि कम्पनी छनोटका आधारहरू  १. प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा ३ वर्ष खुद नाफामा रहेको । २. अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुन्द्रास्फीति दरभन्दा बढी रहेको । ३. कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि-फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि-फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको । ४. शेयरधनीको संख्या कम्तीमा २० हजार रहेको । ५. पछिल्लो ६ महिनामा दैनिक औसत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको । ६. पछिल्लो ६ महीनामा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएको । प्रस्तावित इन्डेक्सको गणना विधि १. उपरोक्त मापदण्डहरूबाट छनोट भएर आएका कम्पनीहरूको प्रारम्भिक सूची तयार गर्ने । २. प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रि-फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई दिएको उदाहरण अनुसार भार प्रदान गरी कुल भार गणना गर्ने । ३. सूचीकृत संगठित संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमुलक, व्यापार तथा सेवा गरी ६ ओटा क्षेत्रगत समूहमा वर्गीकरण गरी बुँदा नं २ मा उल्लेख गरिएको विधिअनुसार प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नै समूहमा कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरूबाट ८ ओटा कम्पनी छनोट गर्ने । कुनै समूहमा  ८ संगठित संस्थाभन्दा कम छनोट भएमा उपलब्ध सबै संगठित संस्था छनोट गर्ने । ४. बुँदा नं. ३ अनुसार छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा बढी भएमा बुँदा नं. २ अनुसार गणना गरिएको कुल भारमा कम भार भएका कम्पनीहरूलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउँदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने । ५. बुँदा नं ३ अनुसार छनोट भएका संगठित संस्थाहरूको संस्था ३० भन्दा कम भएमा प्रत्येक समूहबाट ८ भन्दा बढी कम्पनी छनोट नहुने गरी बुँदा नं २ अनुसार विधिबाट सूचीकृत सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्‍याउने ।

‘नेप्से ३० इन्डेक्स’ आन्तरिक परीक्षण गर्न अनुमति, के हो ‘नेप्से ३० इन्डेक्स’ ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले निर्माण गरेको नयाँ परिसूचक ‘नेप्से ३० इन्डेक्स’ आन्तरिक रुपमा परीक्षण गर्न अनुमति पाएको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले उक्त परिसूचक आन्तरिक रुपमा परीक्षणमा ल्याउन नेप्सेको व्यवस्थापनलाई अनुमति दिएको हो । आन्तरिक परीक्षण सफल भएपछि उक्त परिसूचक सञ्चालनमा ल्याउने नेप्सको तयारी छ ।

नेप्से–३० इन्डेक्स सञ्चालनको तयारी पूरा, 'यही आवभित्र सञ्चालनको सम्भावना'

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याउन लागेको नेप्से–३० इन्डेक्सको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पूँजी बजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यसहित नेप्सेले नयाँ इन्डेक्स थप गर्न लागेको हो ।  नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले नेप्से–३० इन्डेक्सका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउँदै सञ्चालक समितिको निर्णय कुरेर बसेको जानकारी दिएका छन् । यसअघि नेप्से–५० इन्डेक्स सञ्चालन गर्ने योजना बनाएको नेप्सेले सरोकारवालाहरूको सुझावका आधारमा नेप्से–३० इन्डेक्स नै सञ्चालन गर्ने निर्णयमा पुगेको पराजुलीको भनाइ छ । उनले यसै आर्थिक वर्षभित्र यो इन्डेक्स सञ्चालनमा आउने सम्भावना रहेको बताएका छन् ।  नेप्सेले नेप्से–३० इन्डेक्स सञ्चालनका लागि वैशाख २० गते सरोकारवालाहरूसँग सुझाव माग गरेको थियो । ‘नेप्सेले दीर्घकालीन महत्त्वको यस सूचकांकको गणना विधि तथा यसमा समावेशका लागि लिइने सूचीकृत संगठित संस्था छनोटको विधि पारदर्शी तथा विश्वसनीय बनाउन सरोकारवालासँग सुझाव माग गरेको थियो,’ पराजुलीले भने, ‘जेठ ५ गतेसम्म प्राप्त सुझावका आधारमा नेप्सेले नयाँ इन्डेक्स सञ्चालनको तयारी अघि बढाएको हो ।’  पराजुलीले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरूको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यअनुरूप बजारमा तत्काल कारोबारयोग्य धितोपत्रलाई समावेश गरी बजार पूँजीकरण सूचकांकको रूपमा नेप्से–३० इन्डेक्स तर्जुमा गर्न लागेको बताए । उनका अनुसार यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेञ्ज ट्रेडेड फण्ड सञ्चालन लगायतमा सघाउ पुग्नेछ । नेप्से–३० इन्डेक्सबाट दोस्रो बजारको कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्ताले भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त गर्ने विश्वाससमेत पराजुलीको छ ।  नेप्सेले तयार पारेको नेप्से–३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था (कम्पनी) छनोटका ६ ओटा आधार तय गरिएको छ । जसमा प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा ३ वर्ष नाफामा रहेको हुनुपर्नेछ । यस्तै, अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दरभन्दा बढी रहेको हुनुपर्नेछ । यसैगरी, कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कूल फ्रि–फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ । शेयरधनीको संख्या कम्तीमा २० हजार हुनुपर्नेछ भने पछिल्लो ६ महीनाको अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको हुनुपर्नेछ । यस्तै, पछिल्लो ६ महीनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएको हुनुपर्ने आधार नेप्सेले तय गरेको छ । नेप्सेले तयार पारेको नेप्से–३० इन्डेक्सको गणना विधिमा मापदण्डहरूबाट छनोट भएका कम्पनीहरूको प्रारम्भिक सूची तयार गर्ने र प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाहरूको फ्रि–फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा सबैलाई भार प्रदान गरी कूल भार गणना गरिनेछ । नेप्से–३० इन्डेक्स प्रयोजनका लागि सूचीकृत संगठित संस्थाहरूलाई बैंक, वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमुलक र व्यापार सेवा तथा अन्य गरी ६ क्षेत्रगत समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नै समूहमा कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरूबाट ८ ओटा कम्पनी छनोट गरिनेछ । कुनै समूहमा ८ संगठित संस्थाभन्दा कम छनोट भएमा सबै संगठित संस्था छनोट गरिने नेप्सेले प्रष्ट पारेको छ । ६ ओटा क्षेत्रगत समूहमा छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा बढी भएमा कूल भारमा कम भार भएका कम्पनीहरूलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउँदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने व्यवस्था नेप्सेले गरेको छ ।  क्षेत्रगत समूहमा छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनोट नहुने सबै कम्पनीको कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याउने व्यवस्था नेप्सेले गरेको हो ।  यो इन्डेक्स गणना गर्नका लागि आधार बजार पूँजीकरण २०७९ पुस ३० गतेको फ्रि–फ्लोट बजार पूँजीकरणलाई लिइने नेप्सेको भनाइ छ । इन्डेक्सलाई प्रत्येक वर्ष भदौको अन्तिम शुक्रवार र फागुनको अन्तिम शुक्रवार ‘रिब्यलेन्सिङ्ग’ गरी कम्पनी थपघट गरिने जानकारीसमेत नेप्सेले दिएको छ ।

गत साता लगानीकर्ताको गुमाए २९ अर्ब, साताभर एउटा मात्रै समूहको सूचक उकालो

काठमाडौं । गत साताको कारोबारमा नेप्से परिसूचक २० दशमलव शून्य २ अंकले घटेर १ हजार ८६९ दशमलव ७३ विन्दुमा झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ८८९ दशमलव ७५ विन्दुमा रहेको थियो ।  गत साता पाँच कारोबार दिनमध्ये एक दिन सार्वजनिक बिदा परेकाले चार कारोबार दिनमात्र धितोपत्र दोस्रो बजार खुला भएको थियो । चार कारोबार दिनमा नेप्से परिसूचक एक दिन मात्र बढेको छ । पहिलो कारोबार दिन १९ दशमलव शून्य ९, दोस्रो कारोबार दिन ४ दशमलव २६ र तेस्रो कारोबार दिन ९ दशमलव ४१ अंकले घटेको नेप्से चौथो कारोबार दिन भने १२ दशमलव ७३ अंकले बढेर बन्द भएको हो । हाल नेपालमा एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालनमा रहेको छ । धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्डले अर्को स्टक एक्सचेन्ज बजारमा भित्र्याउने तयारी गरेको छ । नयाँ स्टक एक्सचेन्जका लागि तीन ओटा आवेदन बोर्डले प्राप्त गरिसकेको छ । हाल सञ्चालनमा रहेको नेप्सेलाई नै थप प्रभावकारी बनाउनका लागि अर्को निजी क्षेत्रको स्टक एक्सचेन्ज भित्र्याउन लागेको बोर्डले प्रष्ट पारेको छ । नयाँ स्टक एक्सचेन्ज भित्रिने तयारी भइरहँदा नेप्सेले पनि नयाँ योजनाहरू अघि सारिरहेको छ । नेप्सेले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ जारी गर्ने योजना विगतका वर्षदेखि नै बनाए पनि त्यस योजनालाई आगामी दिनमा जतिसक्दो चाँडो पूरा गर्ने तयारी गरेको छ । नयाँ इन्डेक्सको रूपमा नेप्से-३० इन्डेक्ससमेत थप गर्ने तयारीमा नेप्से रहेको छ ।  आम लगानीकर्तालाई कारोबारमा फरकपन ल्याउनका लागि नेप्सेले नयाँ योजनाहरू अघि सारिरहेको अवस्थामा गत साताको अन्तिम कारोबार दिनको बजारलाई हेर्दा लगानीकर्तामा आशा जागेको अनुमान लगाउन सकिन्छ । निरन्तर बजार घटिरहेको अवस्थामा पछिल्लो समय लगानीकर्ताको आशा तथा भरोसा लामो समय भने टिक्न नसकेको देखिन्छ । दुई दिन बजार लगातार बढेको खण्डमा समेत लगानीकर्ताले नाफा बुक गरिहालेको अवस्था पछिल्लो समय रहेको छ । गत साता चार कारोबार दिनमा रू. २ अर्ब ९९ करोड बराबरको १ करोड २ लाख ३२ हजार ३७५ कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता पाँच कारोबार दिनमा रू. ४ अर्ब ५ करोड बराबरको १ करोड २४ लाख ४१ हजार ८१६ कित्ता धितोपत्र कारोबार भएको थियो । गत साता अघिल्लो साताको तुलनामा रू. १ अर्ब ५ करोड बराबरको २२ लाख ९ हजार ४४१ कित्ता कम धितोपत्र कारोबार भएको हो । औसतमा कारोबार रकम रू. ६ करोड ५ लाखले घटेको छ भने ६९ हजार ७३० कित्ता औसतमा बढी धितोपत्र कारोबार भएको छ । बजारमा देखिएको उतारचढावसँगै लगानीकर्ताले गत साताको बजारबाट रू. २८ अर्ब ७८ करोड ३६ लाख बराबरको सम्पत्ति गुमाएका छन् । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ५३ अर्ब ४४ करोड रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब २४ अर्ब ६६ करोड कायम भएको हो । गत साता निर्जीवन बीमा समूहको मात्र परिसूचक बढ्यो  गत साता निर्जीवन बीमा समूहबाहेक सबै समूहगत परिसूचक घटेका छन् । निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत बढेको हो । गत साता जलविद्युत्को परिसूचक सर्वाधिक २ दशमलव ७२ प्रतिशत घटेको छ । त्यस्तै व्यापारिकको २ दशमलव ६५, लघुवित्तको १ दशमलव ५५, अन्यको १ दशमलव ४४, होटल तथा पर्यटनको १ दशमलव १७, जीवनी बीमाको १ दशमलव शून्य १, विकास बैंकको शून्य दशमलव ७७, बैंकिङको शून्य दशमलव ६८, वित्तको शून्य दशमलव ६२, लगानीको शून्य दशमलव ६०, म्युचुअल फण्डको शून्य दशमलव २९ र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ११ प्रतिशत परिसूचक घटेको हो । स्रोत : नेप्से

प्रभु सेलेक्ट फण्डमा लगानी प्रतिफल ग्यारेन्टी गर्छौं

प्रभु क्यापिटलले जेठ ५ गते बुधवारबाट प्रभु बैंक कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल कोष व्यवस्थापक रहने प्रभु म्युचुअल फण्डअन्तर्गत पहिलो सामूहिक लगानी योजना प्रभु सेलेक्ट फण्डको निष्कासन गरेको छ । फण्डमा लगानी गर्नेहरूलाई प्रतिफल ग्यारेन्टी गरिने प्रभु क्यापिटलका मुख्य सञ्चालन अधिकृत कृष्ण गिरी बताउँछन् । म्युचुअल फण्डको वर्तमान अवस्था, यसले पुँजी बजारमा पुर्‍याएको योगदान तथा प्रभु क्यापिटलका भावी योजना र अहिले निष्कासन गर्न लागेको प्रभु सेलेक्ट फण्ड वरपर रहेर गिरीसँग गरिएको कुराकानी : प्रभु सेलेक्ट फण्ड कस्तो योजना हो ? यो एउटा बन्दमुखी सामूहिक लगानी योजना हो । योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १० करोड इकाइ बिक्री गरी १ अर्ब बराबरको रकम संकलन गरेर त्यसको ८० देखि १०० प्रतिशतसम्म शेयरमा लगानी गरिनेछ । सेलेक्ट फण्डले कसरी लगानी गर्छ ? सेलेक्ट फण्डले लगानी गर्ने क्रममा शेयर बजारमा शेयरहरू सूचीकृत भई कारोबारमा रहेका विभिन्न क्षेत्रका कम्पनीलाई लगानी नीतिअन्तर्गत रहने ग्रेडिङ नीतिअनुरूप विभिन्न आधार र मापदण्ड छनोट गरी अधिकतम ३० वटा कम्पनीमा लगानी गर्छ । यसरी छनोट गर्दा कम्पनीको व्यावसायिक वृद्धिदर, नियमित उच्च प्रतिफल, वित्तीय सबलता, संस्थागत सुशासन आदिका आधारमा छनोट गर्छौं । यसरी छनोट गरिएकामध्ये सबैभन्दा उत्कृष्ट ३० वटा कम्पनीहरूको शेयरमा मात्रै लगानी गरी नियमित खरिद बिक्री गर्नेछ । यो फण्ड आगामी दिनमा नेप्सेले जारी गर्ने तयारी गरेको नेप्से ३० नामक इन्डेक्ससँग रिफरेन्स बेन्चमार्कको रूपमा स्थापित हुने विश्वास गरेका छौं । तपाईंहरूले यसलाई चियाको तुलना गरेर सस्तो भनिरहनुभएको छ, वास्तविक नै हो ? अहिले हामीले एक कप कालो चिया पनि प्रतिकप कम्तीमा २० रुपैयाँ तिर्छौं । तर, सामूहिक लगानी योजनाको १ इकाइ १० रुपैयाँमै खरिद गर्न पाइन्छ । प्राथमिक निष्कासनमा न्यूनतम खरिद गर्दा १०० इकाइ अर्थात् १००० रुपैयाँ लगानी गर्नुपर्छ । तसर्थ, महिनामा ५० कप चियाको खर्च मात्र बचाउने हो भने पनि १०० युनिट फण्ड खरिद गर्न सकिने रहेछ । यसरी स–सानो बचतलाई लगानीको रूपमा परिचालन गर्न सकिन्छ । सोही कारण विद्यार्थी, गृहणी, विभिन्न संगठित असंगठित क्षेत्रमा काम गर्ने लगानीकर्ताका साथै सुरक्षित लगानी र उच्च प्रतिफलको आशा गर्ने लगानीकर्ताका लागि यस्तो योजना प्रभावकारी हुने ठानेका छौं । तपाईंहरूको लगानी व्यवस्थापन टिम कस्तो छ ? हाम्रो संस्थामा नेपालको अन्तर्राष्ट्रिय पुँजी बजारमा समेत काम गरिसकेका एवं लगानी व्यवस्थापनको विषयमा अन्तर्राष्ट्रिय उपाधि हासिल गरेका साथीहरू हुनुहुन्छ । करिब २ दशकभन्दा लामो अवधिदेखि लगानी तथा शेयर कारोबारमा संलग्न हुँदै आएका तथा कारोबारमै दक्षता हासिल गरेर सफलता पाएका साथीहरू हाम्रो टिममा हुनुहुन्छ । प्रभु क्यापिटलसँग लगानी व्यवस्थापनका लागि अहिलेको टिम सक्षम छ । यो फण्डमा लगानी गर्ने युनिट होल्डरले कस्तो प्रतिफलको अपेक्षा गर्न सक्छन् ? हामीले यो फण्डका युनिट होल्डरहरूलाई वार्षिक औसतमा २० प्रतिशतको प्रतिफल दिने प्रक्षेपण गरेका छौं । त्यसैगरी निरन्तर ७ वर्षसम्म लगानी गर्ने युनिट होल्डरले परिपक्व अवधिसम्म करिब ३ गुणासम्म प्रतिफल पाउने प्रक्षेपण गरेका छौं । निश्चित प्रतिफलका लागि बैंकमा फिक्स्ड डिपोजिटमा लगानी गर्नेहरूका लागि यो राम्रो लगानी क्षेत्र हो । फण्ड निष्कासनपछि यसलाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरिने हुँदा लगानीकर्ताले जतिबेला चाह्यो बजारमा बिक्री गरेर पैसा निकाल्न सक्छन् । त्यसैले जोखिम नचाहने, चाहेका बेला आफ्नो लगानी झिक्न चाहने तथा आफ्नो बचतलाई लगानीमा परिणत गर्न चाहनेहरूले यो फण्डको आईपीओमा लगानी गर्न सक्छन् । म्युचुअल फण्डहरूको नेपाली पुँजी बजारमा कस्तो योगदान रहेको छ ? हामी अहिले नेपाली पुँजी बजारको स्वर्णिम युगमा छौं । पुँजी बजारको आवश्यकताअनुसार क्रमिक व्यवस्था हुँदै गएका छन् । अहिले सबै कारोबारले डिम्याट भएर अभौतिक रूपमा स्थायित्व प्राप्त गरिसकेको छ । कारोबार पनि कम्प्युटर प्रणालीबाट सीमित ब्रोकरको घेरामा हुँदै आएकामा अहिले सबैले अनलाइनबाटै गर्न सक्छन् । बिक्री गरेको शेयरको भुक्तानी, खरिदपछिको रकम भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने सुविधा छ । बजारको विकासमा अपुग देखिएको भनेको लगानीका लागि आवश्यक लगानी औजार भएजस्तो लाग्छ । तर, त्यसतर्फ पनि नियामक निकाय र बजार सञ्चालकहरूले काम गरिरहेका छन् । तसर्थ, चाँडै मार्जिन कारोबार, इन्ट्रा डे, सर्टसेलिङ, विभिन्न इन्डेक्स/कम्पनी बेस्ड डेरिभेटिभ कारोबार पनि छिट्टै गर्न पाइने विश्वास छ । सामूहिक लगानी कोषको योगदानको कुरा गर्दा सुरु अवस्थामा नेपाली पुँजी बजारमा धेरै खुद्रा र केही संस्थागत लगानीकर्ताको मात्रै सहभागिता हुँदा बजारप्रति उति सुझबुझ हुन नसकेको देखियो थियो । तर, पछिल्लो समय साना तथा खुद्रा लगानीकर्ताको बचतलाई लगानीमा परिणत गरी त्यसलाई व्यवस्थापन गर्ने तथा बजारमा अनुभवी संस्थागत लगानीकर्ताको प्रवेश हुनुपर्छ भन्ने आधारमा अन्तर्राष्ट्रिय प्रचलन र विधिअनुरूप नै सामूहिक लगानी कोषहरूको प्रवेश भएको छ । सामूहिक लगानी कोषहरूले बजार सहभागीबीच परिपक्वता कायम गर्न, पुँजी बजारको विकास र उत्थानमा सक्दो योगदान दिँदै आएका छन् । यो फण्डको उद्देश्य के हो ? योजनाले इकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले सामूहिक लगानी कोष तोकिएको क्षेत्रमा लगानी गरी आवेदकलाई उच्च प्रतिफल दिने उद्देश्य राखेको छ । धितोपत्र बजारको दिगो विकासमा सघाउ पुर्‍याउन यो योजनाको इकाइ निष्कासन गरिएको हो । यो योजनाले कस्ता–कस्ता कम्पनीमा लगानी गर्छ ? यसले नेपाल धितोपत्र बोर्डले जारी गरेको सामूहिक लगानी कोषले तोकेका क्षेत्रमा लगानी गर्छ । जस्तै, बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत संगठित संस्थाहरूको धितोपत्र, सरकारले जारी गरेको वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व अथवा नियन्त्रणमा रहेका कुनै संस्था वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधन, बैंक तथा वित्तीय संस्थाका निक्षेप, मुद्रा बजार उपकरण आदिमा लगानी गर्छ । यसरी लगानी गर्दा फण्डले अधिकतम ८० देखि १०० प्रतिशतसम्म धितोपत्र विनियम बजार अर्थात् नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये ३० वटा कम्पनीहरूमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ । प्रभु सेलेक्ट फण्डमै किन लगानी गर्ने ? बजारमा धेरै सामूहिक लगानी योजनाहरू सञ्चालनमा छन । तर, ती सबै योजना एकअर्कासँग भिन्न छन् । प्रभु सेलेक्ट फण्डकै कुरा गर्दा हाम्रो फण्डको प्रकृति, यसको संरचना, लगानी रणनीतिको दृष्टिकोणबाट अरूभन्दा भिन्न छौं । हामीले जम्मा ३० वटा कम्पनीमा लगानी व्यवस्थापन गर्ने योजना बनाएका छौं । लगानीकर्तालाई उच्चतम प्रतिफल तथा जोखिम व्यवस्थापनको नयाँ लगानी औजारका साथै समग्र पुँजी बजारलाई नेप्सेका परिसूचकसँग दाँज्न मिल्ने बेन्चमार्क यो फण्डले प्रदान गर्नेछ । हामी लगानी रणनीतिका आधारमा पनि अरूभन्दा भिन्न छौं । बजार बुझ्नुभयो भने पनि गत ९ महिने अवधिमा लगानीबाट सबैभन्दा धेरै नाफा कमाउने क्यापिटलमध्ये रकमका आधारमा मात्र नभई प्रतिशेयर आम्दानीका हिसाबले हामी धेरै अगाडि छौं । यसअघि बजार डाउन ट्रेन्डमै रहेका बखतसमेत हामीले बजारमैत्री लगानी गरेर ती लगानीबाट मुनाफा कमाएर प्रतिफल दिएको अनुभव छ । हामीले यो फण्डलाई व्यवस्थित तरिकाले अगाडि बढाउँछौं । सोही कारण हामीले ७ वर्षे अवधिमा करिब ३ गुणासम्म प्रतिफल दिन सक्छौं भनेर प्रक्षेपण गरेका हौं । तपाईंको विचारमा आगामी ५–७ वर्षमा नेपाली पुँजी बजारको भविष्य कस्तो होला ? अबको ७ वर्षे अवधि नेपाली पुँजी बजारका लागि उज्ज्वल हुने हाम्रो विश्वास छ । यसबीचमा पुँजी बजारका लगानी औजारहरू थपिनेछन् । कारोबार गर्ने प्रक्रिया विस्तार हुनेछ । बजारमा थप संस्थागतसँगै खुद्रा लगानीकर्ताको प्रवेश हुने क्रम जारी छ । भर्खरै स्टक डिलरको प्रवेश भएको छ । यस्ता डिलर अझै थप हुँदै जानेछन् । क्लोज इन्डेडका साथै ओपन इन्डेड फण्ड एवं विशिष्टीकृत लगानी कोषहरूको संख्या बढेर जानेछ । यसले बजारमा थप माग तथा आपूर्ति व्यवस्थालाई टेवा दिनेछन् । वैदेशिक लगानीलाई पुँजी बजारमा प्रवेशका लागि मार्गप्रशस्त हुनेछ । लगानीकर्ताहरूले पुँजी बजारप्रति दीर्घकालीन रूपमै ढुक्क भएर हाम्रो फण्डमा लगानी गर्न सक्छन् । हामीकहाँ पहिले आएका सामूहिक लगानी योजनाले गरेका प्रदर्शनबाट लगानीकर्ताहरू निराश अवस्थामा छन् । यस्तो अवस्थामा तपाईंहरूले विशेष औजार प्रयोग गर्दै हुनुहुन्छ, हो ? सामूहिक लगानी कोषलाई हातखुट्टा बाँधेर काम गर भनियो । एउटा निश्चित परिधिमा बसेर काम गर्नुपर्दा सुरु–सुरुमा केही सामूहिक लगानी योजनाहरूले युनिट होल्डरको अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेकै हो । हामीकहाँ इन्ट्रा डे, सर्ट सेलजस्ता सुविधा छैनन् । बजारमा किनेपछि मात्रै बेच्न पाइन्छ । बजार घट्दो अवस्थामा रहेका बेला खरिद गरी बसेका केही सामूहिक लगानी योजनामा त्यस्तो भए पनि ढिलोचाँडो सबैले प्रतिफल दिएकै छन् । हामीले लगानीकर्तालाई निर्धक्क भएर सामूहिक लगानी कोषको आईपीओमा लगानी गर्न आग्रह गरेका छौं । प्रभु सेलेक्ट फण्डले अहिलेसम्म लगानीकर्ताले अपेक्षा गरेभन्दा उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्छौं ।