चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गर्ने भएको छ । त्यसका लागि एमालेले महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी सहमति भएको बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति निर्देशन दिएको चितवन एमालेका नेताहरुले बताएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले महानगरमा एमालेसँग तालमेल भएको पुष्टि गरे । ‘तालमेल हुने पक्का भयो, उपमेयरसहित केही वडाअध्यक्ष राप्रपाका हुने