वरिष्ठ पत्रकार अधिकारीलाई सुप्रवल जनसेवाश्री पदक

काठमाडौं । वरिष्ठ पत्रकार हरिविनोद अधिकारी सुप्रवल जनसेवाश्री पदकबाट विभुषित हुनु भएको छ । अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ बैशाख १ गते विभूषण प्रदान गर्नु भएको हो । विभूषण पाउनुहुने वरिष्ठ पत्रकार अधिकारी लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । अधिकारीलाई पत्रकारिता क्षेत्रमार्फत राष्ट्रमा योगदान पुर्‍याएको भन्दै सरकारले विभूषण दिएको हो । सिन्धुलीमा जन्मिनु भएका […]

सम्बन्धित सामग्री

मेनुका थापालाई जनसेवाश्री पदक

काठमाडौ । विगत १९ वर्षदेखि यौनजन्य हिंसा बलात्कारपीडित, प्रभावितको उद्धार, संरक्षण र पुनस्र्थापना गर्दै आइरहेको ‘बलात्कारविरुद्धको संस्था’ रक्षा नेपालकी संस्थापक, अध्यक्ष ‘मेनुका थापा’लाई जनसेवाश्री पदविबाट सम्मान गरिएको छ ।शीतल निवास राष्ट्रपति कार्यलयमा शुक्रबार आयोजित एक समारोहबीच सो सम्मान प्रदान गरिएको हो । २०६० सालमा ‘रक्षा नेपाल’ स्थापना गरी असुरक्षामा परेका छोरी चेलीको उद्धार तथा उनीहरूलाई […] The post मेनुका थापालाई जनसेवाश्री पदक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंकर्सद्वय ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदक

७ औं संविधान दिवसको अवसरमा सरकारले बैंकर्सद्वय नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबी बैंकका सीइओ सुनिल केसीलाई विभूषित गरेको छ । सरकारले ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गरेको हो । सीइओ ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पूर्वअध्यक्ष हुन् भने सीईओ केसी संघको वर्तमान कार्यसमिति उपाध्यक्ष हुन् । सोही अवसरमा सरकारले अर्का बैंकर्स शिक्षा भट्टचनलाई विकास रत्न विभूषले सम्मान गरेको छ ।

कालो सूचीमा परेका ठेकदारलाई जनसेवाश्री पदक

४ असोज, काठमाडौं । समयमै रासायनिक मल ल्याउन नसक्दा कारबाहीमा परेका कम्पनीका एक ठेकदारलाई सरकारले प्रबल जनसेवाश्री पदकमार्फत सम्मान गरेको पाइएको छ । सरकारले होनिको मल्टिपल प्रालिका सञ्चालक हुमनाथ कोइरालालाई निर्माण व्यवसायीको रुपमा विभूषित गर्ने निर्णय गरेको हो । उनको नाम जनसेवाश्री पदक पाउने समूहको १०८ नम्बरमा उल्लेख छ । कोइराला सत्तारुढ दल नेपाली कांग्रेस […]

उद्योगी क्याललाई प्रबल जनसेवाश्री पदक

वीरगञ्ज (अस) । औद्योगिक तथा  व्यावसायिक घराना क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्याललाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिने भएको छ । संविधान दिवस अवसरमा उनलाई सरकारले सो पदवीबाट सम्मान गर्ने घोषणा गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्योगी क्याललाई सो पदक प्रदान गरिने घोषणा भएको हो । क्याल विगत ३ दशकभन्दा लामो समयदेखि उद्योग व्यापार क्षेत्रमा सक्रिय छन् । औद्योगिक तथा आर्थिक सहर वीरगञ्जलाई आधार बनाएर उद्योग व्यापारमा सक्रिय क्यालले उद्यम व्यापार र समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएकाले सरकारले सो पदवी प्रदान गरेको हो ।

आइडिया स्टुडियोलाई जनसेवाश्री पदक

टेलिभिजन कार्यक्रम आइडिया स्टुडियो नेपाल विगत सात वर्षदेखि स्टार्टअप व्यवसाय गर्न चाहनेहरूको पथप्रदर्शक बन्दै आएको छ । सरकारले नवप्रवर्तनमा मूख्य भूमिका निभाएको भन्दै जनसेवाश्री पदकका लागि छनोट गरेको हो ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनालाई जनसेवाश्री पदक

३ असोज, काठमाडौं । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सना जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले विभूषित गर्ने घोषणा गरेको सूचीमा उपभोक्ता अधिकारकर्मीको रुपमा उनको नाम समावेश छ । पछिल्लो १५ वर्षदेखि उपभोक्ता अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल रहेका तिमिल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन् । बजार मूल्य, गुणस्तर र अनुगमनमा पोख्त […]

प्रबल जनसेवाश्री पदक डा. अशेष ढुंगानाले गरे अस्वीकार

वीर अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर अशेष ढुंगानाले प्रबल जनसेवाश्री पदक अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत निजामती कर्मचारीको तह र श्रेणीका साथै शैक्षिक पद सह–प्राध्यापक सहर नमिलेकाले बताउँदै ढुंगानाले पदक नलिने घोषणा गरेका हुन् ।  उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेमा देख्दा खुसी लागेता पनि पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवम् प्रदान सम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह र श्रेणी सा

सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक

काठमाडौँ । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकल दाहाल पत्नी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित गर्ने भएको छ। संविधान दिवसको अवसरमा दाहाललाई राजनीतिक अभियन्ताका रूपमा विभूषित गर्न लागिएको हो। मन्त्रिपरिषद् बैठकको सिफारिसमा सीतालाई विभूषणबाट सम्मान गर्न लागिएको हो।

गायिका विष्णु माझीलाई 'प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै - अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् । गएको तीजमा उहाँले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उहाँकै जीवनमा आधारित रहेक...