उद्योगी क्याललाई प्रबल जनसेवाश्री पदक

वीरगञ्ज (अस) । औद्योगिक तथा  व्यावसायिक घराना क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्याललाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिने भएको छ । संविधान दिवस अवसरमा उनलाई सरकारले सो पदवीबाट सम्मान गर्ने घोषणा गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्योगी क्याललाई सो पदक प्रदान गरिने घोषणा भएको हो । क्याल विगत ३ दशकभन्दा लामो समयदेखि उद्योग व्यापार क्षेत्रमा सक्रिय छन् । औद्योगिक तथा आर्थिक सहर वीरगञ्जलाई आधार बनाएर उद्योग व्यापारमा सक्रिय क्यालले उद्यम व्यापार र समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएकाले सरकारले सो पदवी प्रदान गरेको हो ।