बैंकर्सद्वय ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदक

७ औं संविधान दिवसको अवसरमा सरकारले बैंकर्सद्वय नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबी बैंकका सीइओ सुनिल केसीलाई विभूषित गरेको छ । सरकारले ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गरेको हो । सीइओ ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पूर्वअध्यक्ष हुन् भने सीईओ केसी संघको वर्तमान कार्यसमिति उपाध्यक्ष हुन् । सोही अवसरमा सरकारले अर्का बैंकर्स शिक्षा भट्टचनलाई विकास रत्न विभूषले सम्मान गरेको छ । 

सम्बन्धित सामग्री

निर्वाचन आयोगका चार आयुक्तलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक

काठमाडौं । निर्वाचन आयोगका चारैजना आयुक्तलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरिने भएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट दिइने मानपदवीअन्तर्गत प्रसिद्ध प्रवल जनसेवाश्रीबाट निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा.जानकीकुमारी तुलाधर र सगुनशमसेर जबरालाई विभूषित गरिने भएको हो । प्रसिद्ध प्रबल जनसेवाश्री प्रदेश प्रमुख, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजनाआयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका […]

सीता दाहाललाई दिईएको पदकको बचाउमा उत्रिए विप्लव पुत्र

काठमाडौं, असोज ६ । नेत्रविक्रम चन्द ‘विप्लव’ का पुत्र डा. प्रकाश चन्दले सीता दाहाललाई दिएको पदकको अपमान नगर्न आग्रह गरेका छन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सितालाई सरकारले पदकले सम्मान गरेपछि विरोध नगर्न उनले आग्रह गरेका हुन् । सरकारले अध्यक्ष प्रचण्डकी धर्मपत्निलाई प्रबल जनसेवाश्री पदक दिइएको छ । […]

कालो सूचीमा परेका ठेकदारलाई जनसेवाश्री पदक

४ असोज, काठमाडौं । समयमै रासायनिक मल ल्याउन नसक्दा कारबाहीमा परेका कम्पनीका एक ठेकदारलाई सरकारले प्रबल जनसेवाश्री पदकमार्फत सम्मान गरेको पाइएको छ । सरकारले होनिको मल्टिपल प्रालिका सञ्चालक हुमनाथ कोइरालालाई निर्माण व्यवसायीको रुपमा विभूषित गर्ने निर्णय गरेको हो । उनको नाम जनसेवाश्री पदक पाउने समूहको १०८ नम्बरमा उल्लेख छ । कोइराला सत्तारुढ दल नेपाली कांग्रेस […]

उद्योगी क्याललाई प्रबल जनसेवाश्री पदक

वीरगञ्ज (अस) । औद्योगिक तथा  व्यावसायिक घराना क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्याललाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिने भएको छ । संविधान दिवस अवसरमा उनलाई सरकारले सो पदवीबाट सम्मान गर्ने घोषणा गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्योगी क्याललाई सो पदक प्रदान गरिने घोषणा भएको हो । क्याल विगत ३ दशकभन्दा लामो समयदेखि उद्योग व्यापार क्षेत्रमा सक्रिय छन् । औद्योगिक तथा आर्थिक सहर वीरगञ्जलाई आधार बनाएर उद्योग व्यापारमा सक्रिय क्यालले उद्यम व्यापार र समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएकाले सरकारले सो पदवी प्रदान गरेको हो ।

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई प्रबल जनसेवाश्री पदक

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित  भएकी छिन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) घोषणा गरेकी हुन् । डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । यसअघि पनि उनले एसियास्तरीय […]

वीर अस्पतालका डा. अशेषले प्रबल जनसेवाश्री पदक नलिने

काठमाडौं । वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले  सरकारले घोषणा गरेको प्रबल जनसेवाश्री पदक नलिने बताएका छन् । पदकका लागि नाम घोषणा भएलगत्तै डा. ढुंगानाले सामाजिक सञ्जालमार्फत संविधान दिवसको अवसरमा सरकारले दिन लागेको पदक नलिने निर्णय गरेको बताएका हुन् । विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड–२०७५ अनुसार निजामती कर्मचारीको तह...

प्रबल जनसेवाश्री पदक डा. अशेष ढुंगानाले गरे अस्वीकार

वीर अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर अशेष ढुंगानाले प्रबल जनसेवाश्री पदक अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत निजामती कर्मचारीको तह र श्रेणीका साथै शैक्षिक पद सह–प्राध्यापक सहर नमिलेकाले बताउँदै ढुंगानाले पदक नलिने घोषणा गरेका हुन् ।  उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेमा देख्दा खुसी लागेता पनि पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवम् प्रदान सम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह र श्रेणी सा

यी हुन्  विभूषित हुने स्वास्थ्यकर्मी

संविधान दिवसको अवसरमा एकसय ३० भन्दा बढी स्वास्थ्यकर्मी विभिन्न पदकबाट सम्मानित हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरु सम्मानित हुने भएका हुन् ।  सम्मानित हुने स्वास्थ्यकर्मीहरुले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री र जनसेवाश्री पदक पाउनेछन् ।  सोही क्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्का सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् भने ग्राण्डी अस्पतालका निर्देशक डा.विनोद विजुक्छे लगायत सुप्रवल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।संविधान दिवसका अवसरमा राष

सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक

काठमाडौँ । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकल दाहाल पत्नी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित गर्ने भएको छ। संविधान दिवसको अवसरमा दाहाललाई राजनीतिक अभियन्ताका रूपमा विभूषित गर्न लागिएको हो। मन्त्रिपरिषद् बैठकको सिफारिसमा सीतालाई विभूषणबाट सम्मान गर्न लागिएको हो।

गायिका विष्णु माझीलाई 'प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै - अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् । गएको तीजमा उहाँले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उहाँकै जीवनमा आधारित रहेक...