काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री भइदिनुहोस् भनेर निवेदन हाल्न नजाने बताएका छन्। एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विकास विरोधीहरूले जति खुट्टा ताने पनि सक्दैनन्।नेता कार्यकर्ताको स्वार्थ जनताको लागि मात्रै हुनुपर्छ। तर, देश र जनतालाई भन्दा आफ्नो स्वार्थलाई महत्व दिनेहरूको कारणले अहिलेको समस्या देखिएको छ।’ उनले आफ्नो नेतृत्वको सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेमा केन्द्रित भएको बत